Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

7 years ago

2188




सरकारले बनाउने भयो पर्वतका यि ठाउँलाई पर्यटकीय गन्तव्य
सरकारले बनाउने भयो पर्वतका यि ठाउँलाई पर्यटकीय गन्तव्य

पर्वत संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले एक सय आठ वटा पर्यटकीय गन्तव्य छनोट गरेको मन्त्रालयले छनोट गरेको पर्यटकीय मन्तव्य मध्ये पर्वतको शालिग्राम सेतीबेणी गुप्तेश्वर गुफा पनि परेका छन्

पर्यटकीय प्रर्दद्धन विकासका लागि पहिचान गरिएका पर्यटकीय गन्तव्य मध्ये कुश्मा नगरपालिका दुर्लुङमा संञ्चालित क्यानोनिङ, केभिङ होमस्टेका साथै महाशिला गाउँपालिकामा रहेको महाशिललाई नयाँ गन्तव्यका रुपमा समावेश गरेको पर्वत जिल्ला पार्वतीको जन्मथलोको रुपमा परिचित महाभारत लगायत धर्मग्रन्थमा उल्लेखित कालन्जर पर्वत यहि जिल्लामा रहेको

कालिगण्डकी जस्तो पवित्र नदी, दर्जनौँ पौराणिक धार्मिक दस्तावेज यो जिल्लामा रहेर पनि ओझेलमा रहेका बेला पर्यटकिय गन्तव्यका रुपमा नयाँ स्थानहरु विकास हुँदा यहाँका व्यापारिक तथा व्यावसायिक खुशी भएका छन् त्यस्तै गरि कास्की, पर्वत स्याङ्जाको संगमस्थलको रुपमा रहेको प्राकृतिक हिसावले महत्वपूर्ण मानिएको पञ्चासे पनि कास्की जिल्लाको पर्यटकिय गन्तव्यको रुपमा छनोट भएको पर्वतको पञ्चासे, महालिशादेखि सेतीबेणीसम्मका स्थलहरु पर्यटकीय गन्तव्यको रुपमा विकास हुने देखिएको

मन्त्रालयले यसै आर्थिक बर्षमा सय वटा पर्यटकीय मन्तव्य घोषण गरेर पूर्वाधार विकास गर्ने उल्लेख गरेअनुसार गन्तव्य तोकिएको जनाएको सरकारले ताकिएका पर्यटकीय गन्तव्य छनोट गरी पर्यटनको विविधिकरण, विस्तार विकास गर्ने रणनीति बनाएको सरकारले पर्वत नेपाल डट.कमलाई दिएको जानकारी अनुसार सन् २०२० सम्ममा २० लाख पर्यटक भित्राउने सरकारी लक्ष्य हाशिल गर्न सहयोग पु¥याउने लक्ष्य लिएको जनाएको

सरकारले २०२५ सम्म देशको अर्थतन्त्रको कुल हिस्सामा पर्यटनको योगदान २५ प्रतिशत र्पुयोउने लक्ष्यसहित थप सय गन्तव्य छनोट गरेको हो पर्यटकीय गन्तव्य छनोटसँगै सरकारले सार्वजनिक निजी क्षेत्रको साझेदारी (पिपिपी) मोडलमा पूर्वाधार विकास गर्ने योजनालाई पनि प्राथमिकता दिने भएको ।सरकारले बजेटमार्फत नै नयाँ सय गन्तव्य छनोटका लागि ५० करोड रुपैयाँ विनियोजन गरेको

यसैगरी, गन्तव्य छनोटमा वर्ग किलोमिटर वा सोभन्दा बढी क्षेत्रफलमा फैलिएका तालतलैया वा पोखरी भएको ठाउँलाई समेत आधार मानिएको चर्चित पर्यटकीय गन्तव्य तर भौतिक पूर्वाधार सेवासुविधाले पछाडि परेको ठाउँलाई पनि पाँच आधार भित्र राखिएको त्यस्तै पर्वतलाई आगमी बैशाखमा धार्मिक महोत्सव गरिने भएको

सम्बन्धित समाचार (जिल्ला )