Correspondent, ParbatNepal
7 years ago
3637
पर्वत–पर्वतको महाशिला गाउँपालिका–४ पाखापानी स्थित वडा कार्यालयमा आज ताला लगाएका छन् । मोटरवाटो निर्माण सम्वन्धी सिफरिस वडाध्यक्ष दिन नमानेकोे भन्दै स्थानिय उपभोक्ता समितिले ताला लगाएका हुन् ।
फागुन ४ गते स्थानिय जनप्रतिनिधीहरुको रोहवरमा बसेको भेलाले स्थानिय युवा पानवहादुर हमालको अध्यक्षतामा उपभोक्ता समिति गठन गरेको थियो । लुंखु–बान्द्रे–हुवास सडक नाम दिएको सडक खण्डको लागि गण्डकी प्रदेशवाट विनियोजित योजना कार्यान्वयन गराउनका स्थानियले पानवहादुर हमालको अध्यक्षतामा समिति गठन गरेका थिए ।
बिकास निर्माणमा वडाध्यक्ष नै बिरोधी देखिएको भन्दै स्थानिय उपभोक्ता समितिले अनिश्चितकालिन ताला बन्दी गरेको विज्ञाप्ती मार्फत जानकारी दिएका छन् । मोटरवाटो निर्माण समितिका अध्यक्ष हमालले भन्नुभयो –‘मोटरबाटो निर्माण सम्वन्धी सवै कागजपत्र पु¥याएर जाँदा पनि वडा कार्यालयवाट सिफरिस नदिएपछि हामीले ताला लगाएका हौँ ।,
‘गण्डकी प्रदेशवाट विनियोजित योजना कार्यान्वयन गराउनका निम्ति जिल्ला पूर्वाधार विकास समिति पर्वतममा प्रक्रियागत रुपमा जानुपर्ने भएकाले हामी सिफरिस लिन गएका थियौँ, सडकको कार्य क्षेत्र महाशिला–५ लुंखुले सिफरिस गरिदियो तर, महाशिला ४ पाखापानीले सिफारिस दिन नमानेपछि हामी ताला लगाउन बाध्य भयौँ–हमालले भन्नुभयो ।’
विकास निर्माणको काममा वडाध्यक्ष नै अग्रसर हुनुपर्नेमा ठाउँमा बिकास विरोधी मानसिकता देखिनु गलत भएको स्थानियको आरोप छ । वडाध्यक्षले सिफरिस दिन्न भन्नु विकास विरोधी मानसिकता भएको स्थानिय एक युवाले बताउनु भयो ।‘वडाध्यक्षले सिफरिस दिन्न भन्दै गालीगौजमा उत्रिएका कारण कार्यालयमा तालाबन्दी गर्नुपरेको स्थानियको भनाई छ ।
