Correspondent, ParbatNepal
6 years ago
2229
लोकदोहारी
क्षेत्रमा चर्चित नाम हो
कुलेन्द्र विश्वकर्मा । लोक
पारखी दर्शक तथा
श्रोताहरुको मनमस्तिष्कमा बस्न सफल
गायक कुलेन्द्र स्वदेशमा
मात्र होईन विदेशमा
पनि सम्मानित हुन
थालेका छन् ।
पर्वतको महाशिला गाउँपालिका–५
लुंखुमा जन्मिएका विश्वकर्मालाई पर्वत
समाज कतारले सम्मान
गरेको हो ।
नेपाली लोकसंस्कृतिको माध्यमवाट पर्वत जिल्लालाई चिनाउन सफल भएको भन्दै सम्मान गरिएको पर्वत समाज कतारका सचिव शेषराज तिमिल्सीनाले जानकारी दिनुभयो । लोक दोहारी क्षेत्रमा आफुलाई सँधै अव्वल दर्जामा राख्न सफल कुलेन्द्रलाई संस्थाका अध्यक्ष सविन्द्र श्रेष्ठ, संस्थापक अध्यक्ष भुपति भट्टाराई लगायतले कतारमा एक कार्यक्रमको आयोजना गरि सम्मान गरेको तिमिल्सीनाले बताउनुभयो ।
साथै उहाँले पर्वत जिल्लामा जन्मिएर लामो समयसम्म लोकदोहारी क्षेत्रमा रहेका अन्य कलाकारहरुलाई पनि सम्मान गदै जाने बताउनु भयो ।
कार्यक्रममा संस्थाका संरक्षक छबिलाल भट्टराइर्, अजय बि.क सल्लाहकार आनन्द सुबेदी अनुशासन बिभागका याम बहादुर क्षेत्री, पत्रकार महासघ शाखा कतारका सचिव दिलकुमार श्रेष्ठ, सास्कृतिक बिभागका शक्ति क्षेत्री, मानार्थ सदस्य डिल्लिराम भट्टराई संस्थापक बिकास लामिछाने लगाएतले शुभकामना मन्तब्य राख्नु भएको थियो ।
सम्मानित विश्वकर्माले आफ्नो प्रस्तुति राख्दै सालको पात टपरी हुनी, लाउँछ माया, मलाई देखेर,दश तले घर, नजाउ है सानु पँधेरीमा जस्ता गीत प्रस्तुत गर्दा कार्यक्रममा उपस्थित दर्शकले नाचेर साथ दिएका थिए ।
संस्थाका अध्यक्ष सविन्द्र श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्वागत मन्तव्य संस्थाका प्रथम उपाध्याक्ष श्याम न्यौपाने र कार्यक्रमको संचालन सचिव शेषराज तिमिल्सीनाले गर्नुभएको थियो ।
