Correspondent, ParbatNepal
7 years ago
1905
भदौ
५ पर्वत । मध्यपहाडी
लोकमार्ग अन्तर्गत पर्वत– बेनी
सडक खण्ड आजबाट
दैनिक ८ घण्टा
बन्द हुने भएको
छ । बागलुङको
बांगेचौर र पर्वतको
पाङ अदुवाबारी जोड्ने
झोलुंगे पुल निर्माणका
क्रममा दैनिक साढे ८
घण्टा सडक बन्द
गर्न लागिएको हो
।
आजदेखि भदौ १३ गतेसम्म बिहान ७ देखि ९ बजे र त्यसपछि बिहान १० देखि अपरान्ह साढे ४ बजेसम्म पर्वतको कुश्मा नगरपालिका १ मालढुंगादेखि जलजला गाउँपालिकाको डमुवाखोलासम्म सडक बन्द गरिने पर्वतका प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले जानकारी दिनुभयो । यो सडक हुँदै म्याग्दी र मुस्ताङका बासिन्दाहरु आवातजावत गर्दै आईरहेका छन् ।
कालीगण्डकी नदीमाथि निर्माण हुने पुलको पर्वत खण्डमा लठो तान्नका लागि सहायक जग निर्माण गर्नुपर्ने हुँदा सम्भावित दुर्घटनाप्रति सजगताका लागि पर्वत– बेनी खण्डको सडक बन्द गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी नेपालले बताउनुभयो । निर्माण गर्न थालिएको झोलुंगे पुल हाल सम्मकै सबैभन्दा लामो ५ सय ६७ मिटर र १ सय ३८ मिटर उचाइको हुनेछ ।
