Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

6 years ago

1941




पर्वत वयलफेयर सोसाईटी यूकेद्धारा निर्वाचित पर्वतेलाई सम्मान
पर्वत वयलफेयर सोसाईटी यूकेद्धारा निर्वाचित पर्वतेलाई सम्मान

पर्वत । पर्वत वयलफेयर सोसाईटी यूकेले नवनिर्वाचित अन्तराष्ट्रिय पर्वत समाज र गैर आवसीय नेपाली संघ (एनआरए) यूकेका विजय पदाधिकारीलाई सम्मान गरेको छ । अध्यक्ष नेत्र आलेको अध्यक्षतामा नोमेम्वर ९ तारिखका दिन बसेको बैठकले अन्तराष्ट्रिय पर्वत समाजका अध्यक्ष पुरन गिरी, कोषाध्याक्ष बिनोद पुरी, सदस्य भिमलाल भट्टाराई, प्रकाश न्यौपानेलाई सम्मान गरेको हो ।

त्यस्तै गैर आवसीय नेपाली संघ -एनआरए_ यूकेमा बिजय हुने सदस्य सरस्वती केसी, ईनल्याण्ड राज्य परिषद्का सदस्य प्रकाश न्यौपानेलाई सम्मान गरेको छ ।

सम्मान गदै संस्थाका संस्थापक अध्यक्ष हितकाजी गुरुङले पर्वतको हितलाई आत्मसाथ गदै काम गर्न नवनिर्वाचित पदाधिकारीलाई आग्रह गर्नुभयो । पर्वतेहरुको एकताले व्यक्तिलाई मात्र नभई सिँगो जिल्लालाई नै फाईदा पुगेको बताउनु भयो । पर्वतेहरु जहाँभएपनि पर्वतको शिर उच्च बनाएरको जिकिर गदै पर्वतको गरिमालाई हृदयमा राखेर काम गर्न सुझाव दिनुभयो ।

कार्यक्रममा बोल्दै अन्तराष्ट्रिय पर्वत समाजका अध्यक्ष पुरन गिरीले संस्थाले सम्मान गरेर हौसला प्रदान गरेकोमा आभार प्रकट गर्नुभयो । उहाँले पर्वतको विकास र समृद्धिमा प्रवासीहरुले खेलेको भूमिका र गरेको कामलाई हेरेर टिकाटिप्पणी गर्न सुझाव दिनुभयो । साथै उहाँले भेगिय र दलगत स्वार्थ त्यागेर सिंगो पर्वत जिल्लाको समृद्धिमा लागेको दावी गर्नुभयो ।

अध्यक्ष नेत्र आलेको अध्यक्षतामा सम्पन्न भएको समारोहको संचालन सचिव प्रकाश न्यौपानेले  गर्नुभएको थियो । साथै सो बैठकले आगामी डिसेम्वर २९ तारिखका दिन बार्षिक साधारण सभा गर्ने निर्णय गरेको संस्थाले जनाएको छ ।

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)