Correspondent, ParbatNepal
6 years ago
3417
पौष २९, पर्वत । चर्चित लोकदोहारी गायक एवम् संगितकार कस्तुप पन्तले पर्वतको पर्यटकिय स्थाललाई समेटेर नयाँ गित बजारमा ल्याएका छन् । नेपाल सरकारले भ्रमण बर्ष घोषणा गरेसँगै उनले पर्वतका पर्यटकिय गन्तव्यलाई समेटेर ‘हाम्रो पर्वत’ बोलको गित बजारमा ल्याएका हुन् ।
सारथी म्युजिक प्रालि मार्फत बजारमा लाएको गित पन्तले आफ्नै यूटुव च्यानल मार्फत सार्वजानिक गरेका छन् । उनकै शव्द, संगित र स्वरमा रहेको गितमा पर्वतको पर्यटकिय गन्तव्य सँगै पर्वत जिल्लाको ऐतिहाँसिक चिनारीलाई समेटिएको छ । गितको म्युजिक भिडियो छिट्टै ल्याउने तयारी भईरहेको पन्तले बताए ।
पर्वत जिल्लामा थुप्रै पर्यटकिय गन्तव्य भएपनि प्रचारप्रसारको अभावका कारण ओझेलमा परेको बताउँदै गितको माध्यमवाट जिल्लाको पर्यटन प्रर्वद्धनमा सहयोग पु¥याउने उद्देश्यले गित बजारमा ल्याएको उनको भनाई छ ।
गितको म्युजिक भिडियो ।।।
