Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

6 years ago

1247




स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको तलब नकाट्न सरकारको निर्देशन
स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको तलब नकाट्न सरकारको निर्देशन

बैशाख ८, पर्वत । सरकारले नोबेल कोरोना भाइरस अर्थात कोभिड १९ रोकथाम तथा उपचार कोषका लागि सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको तलब कट्टा नगर्न निर्देशन दिएको छ । उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको नोभल कोरोना भाइरस रोकथा तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको आज बसेको बैठकले सङ्कटको बेला अग्रभागमा खटिएका सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको तलब काटेर कोषमा नराख्ने निर्णय गरेको हो ।

 

त्यसै निर्णय बमोजिम प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले सम्बन्धित निकायलाई तलब कट्टा नगर्न पत्राचार गरिसकेको छ । प्रहरी प्रधान कार्यालयले केही दिनअघि अधिकृत तहदेखि माथिका प्रहरीको तीनदेखि सात दिनसम्मको तलब कट्टा गरी कोषमा जम्मा गर्ने निर्णय गरेको थियो । प्रहरीको तलब काट्ने निर्णय सरकारले यसअघि पनि नगरेको समितिका सदस्य सचिवसमेत रहनुभएका प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका सचिव नारायणप्रसाद बिडारीले बताउनुभयो ।

 

प्रहरी अधिकृत कसैले स्वेच्छिक रूपमा कोषमा तलब काटेर जम्मा गर्न सक्ने तर अनिवार्य नहुने उहाँले बताउनुभयो । सरकारले गठन गरको कोषमा अन्य राष्ट्रसेवक कर्मचारीको तलबबाट भने ओहोदा अनुसार तीन देखि ७ दिनसम्मको तलब कट्टा गरेको छ ।

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)