Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

6 years ago

1800




लकडाउनका कारण अलपत्र चुवाका ८० मजदुरलाई घर पठाईयो
लकडाउनका कारण अलपत्र चुवाका ८० मजदुरलाई घर पठाईयो

बैशाख ११, पर्वत ।  लकडाउनका कारण अलपत्र परेका कामदार तथा मजदुरलाई कुश्मा नगरपालिका –८ चुवाले घर पठाएको छ । देशका विभिन्न जिल्लाबाट चुवाको विकास निर्माणमा काम गर्ने आएका ८० जना मजदुरलाई सुरक्षित तरिकाले घर पठाईएको हो । जाजरकोट, दैलेख, नेपालगंज, सर्खेत र धारिङवाट विकास निर्माणको काम गदै आएका मजदुरहरु नेपाल सरकारले लकडाउन गरेपछि अलपत्र परेका थिए । 

 

अलपत्र परेका मजदुरलाई उनीहरुकै स्थानीय तहसँग समन्वय गरिसम्बन्धित जिल्ला पठाएको वडा अध्यक्ष राजकुमार क्षेत्रीले जानकारी दिनुभयो । अलपत्र अवस्थामा परेका मजदुरलाई वडा कार्यालयले गाडीको व्यवस्था गरि सम्बन्धित जिल्ला पठाएकोे क्षेत्रीले बताउनु भयो । घरजान पाएपछि मजदुर खुशी भएका थिए । लकडाउनका कारण अलपत्र परेका मजदुरलाई घर पठाउने काम सम्भावत जिल्लामै पहिलो  हो ।

 

अन्य स्थानीय तहले विकास निर्माणमा खटिएको मजदुरलाई राहात समेत नदिएको गुनासो आईरहेका बेला वडा अध्यक्ष राजकुमार क्षेत्रीले विकास निर्माणमा खटिएका मजुदरलाई घर पठाएको भन्दै चौतर्फी प्रशंसा हुन थालेको छ ।  कोरोनाका कारण देश लकडाउन भइरेको अवस्थामा चुवा भित्र सजगता अपनाउँदै चुवा वडामा प्रवेश गर्ने हरेक व्यक्तिको निगरानी गरेको क्षेत्रीले बताउनु भयो । वडा कार्यालयले वडाको अति विपन्न तथा गरिव १ सय ८२ जना घर परिवारलाई राहात वितरण गरिसकेको छ ।

 

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)