Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

6 years ago

1424




पर्वत र बागलुङमा साढे चार करोडको अन्नबालीमा क्षती
पर्वत र बागलुङमा साढे चार करोडको अन्नबालीमा क्षती

बैशाख १५, पर्वत । पर्वत र बागलुङ जिल्लाका विभिन्न स्थानमा परेको असिनापानीले अन्नबालीमा ठुलो क्षती पु¥याएको छ । दुई साता देखी परेको असिनापानीले पर्वत र बागलुङ जिल्लामा झण्डै साढे चार करोडको क्षती पुगेको हो । पछिल्लो दुई साता यता परेको असिना पानीका कारण झण्डै साढे चार करोडको अन्नवालीमा क्षति पुगेको छ कृषि ज्ञान केन्द्र पर्वतले जनाएको छ ।  दुई साताको अवधिमा पर्वतमा २ करोड १५ लाख तथा छिमेकी जिल्ला बागलुङमा  २ करोड १९ लाख बराबरको क्षति भएको कृषि ज्ञान केन्द्र पर्वतको भनाई छ । 

 

दुई जिल्लामा गरी  ४ करोड ३४ लाख बराबरको पुगेको प्रारम्भिक विवरण संकलन भएको छ । पर्वतको महाशीला, जलजला र मोदी गाउँपालिकामा सवैभन्दा बढि क्षति पुगेको छ भने त्यसवाहेक कुश्मा नगरपालिका, फलेवास नगरपालिका र विहादी गाउँपालिकामा पनि गहुँ, आलु, तोरी, मकै र मौसमी तथा बेमौसमी तरकारी र फलफुलमा क्षति पुगेको देखिन्छ ।यसैगरी बागलुङमा ताराखोला, ढोरपाटन, काठेखोला र जैमिनी नगरपालिकामा असिनाले ठुलो क्षतिको पुगेको हो ।कृषि ज्ञान केन्द्र पर्वतका प्रमुख बासुदेव रेग्मीका अनुसार असिनापानी र हाबाहुरीका कारण पुगेको क्षतिको प्रारम्भिक विवरण संकलन गरी प्रदेश सरकारमा बुझाईएको छ ।

 

कोरोना संक्रमणको त्रासका बीचमा परेको असीना पानीले बागलुङ र पर्बतमा ठुलो क्षती पु¥याएको थियो, रेग्मीले भन्नुभयो,‘अन्नवाली र फलफुलमा बढी क्षति पुगेको देखिन्छ ।’ त्यस्तै यो सिजन खेतवारीमा लगाएका मकै गोड्ने, मौसमी तरकारी लगाउने र बेमौसमी तरकारीहरु बजार लैजाने बेला हो । त्यसैगरी सवैजसे फलफलुहरुमा दान लाग्ने बेला भएको थियो । यस्तो बेला निरन्तर परेको असिनाले कोरोनाले भन्दा पनि बढि पिडा दिएको कृषकहरुले गुनासो गरेका छन् ।

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)