Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

6 years ago

1465




पर्वत : खोलामा बग्दै गरेको अवस्थामा महिलाको शव फेला
पर्वत : खोलामा बग्दै गरेको अवस्थामा महिलाको शव फेला

बैशाख १७, पर्वत । पर्वतको मोदीखोलामा बग्दै गरेको अवस्थामा एक महिलाको शव फेला परेको छ । कुश्मा नगरपालिका–८ चुवाकी ५५ बर्षिय रुपा जैसी रिमालको शव खोलामा बग्दै गरेको अवस्थामा फेला परेको हो । कुश्मा नगरपालिका–५ मोदीवेणी स्थित मोदी खोलामा बग्दै गरेको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खवर गरेका थिए ।

 

घटना गलत्तै प्रहरी र शसस्त्रको टोली घटना स्थलमा पुगेर उद्धार गरेको हो । मृतक महिला बिहानदेखी सम्पर्क विहिन भएकी थिईन । परिवारले उनी हराएको सूचना विहानै जिल्ला प्रहरी कार्यालय पर्वतमा पुगेर दर्ता गरेका थिए । रिमालको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल पर्वतमा राखिएको छ ।

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)