Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

6 years ago

1751




पर्वत : महिलालाई निर्घात कुटपिट गर्ने शिक्षक प्रहरी नियन्त्रणमा
पर्वत : महिलालाई निर्घात कुटपिट गर्ने शिक्षक प्रहरी नियन्त्रणमा

बैशाख २२, पर्वत । महिलामाथि हातपात गरेको आरोपमा पर्वतका एक शिक्षकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्लाको पैयु गाउँपालिका–२ त्रिवेणीका स्थानीय शिक्षक खगेन्द्र्र रानालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।


शनिवार नहरको विषयमा सामान्य विवाद हुँदा शिक्षक रानाले महिलामाथि निर्घात कुटपिट गरेको थिए । सोही विषयलाई लिएर महिलाले गाउँपालिका सँगै प्रहरी चौकीमा उजुरी दिईएकी थिईन ।उजुरीका आधारमा शिक्षकलाई नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय हुवासका प्रहरी निरिक्षक विजय कुवँर सिँहले जानकारी दिए । महिलालाई गम्भीर चोकपटक लागेको हुँदा उपचारका लागि वलिङ पठाईएको प्रहरी निरिक्षक सिँहले बताए ।


 शिक्षक रानालाई आफन्तको जिम्मामा बोलाएको समयमा चौकीमा जाहिर हुने सर्तमा रिहा गराईएको छ ।


वडा अध्यक्ष भिमसेन गुरुङका अनुसार महिला माथि गम्भीर चोक लागेको पाईएको छ । पीडित महिलालाई आईतवार एम्बुलेन्स मार्फत उपचारका लागि वलिङ पठाएको उनले बताए । स्थानीय समयमै घटनास्थालमा पुगेको हुँदा घटनाले ठुलो रुप लिन नपाएको उनको भनाई छ ।


सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)