Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

6 years ago

1787




पर्वतका एक युवाद्धारा दक्षिण कोरियामा आत्महत्या
पर्वतका एक युवाद्धारा दक्षिण कोरियामा आत्महत्या

बैशाख २३, पर्वत । रोजगार अनुमति प्रणाली (ईपिएस) मार्फत दक्षिण कोरिया पुगेका पर्वतका एक युवाले आत्महत्या गरेका छन् । दक्षिण कोरियाको ख्याङ्गीदोको गिम्पोसिमा काम गर्ने पर्वतको पैंयु गाउँपालिका वडा नं ६ काहुँ गाउँका ३३ बर्षीय पूर्ण थापाले शनिवार दिउँसो आत्महत्या गरेका हुन् ।

 

 

सिएनसी कम्पनीमा कार्यरत रहेका थापा लामो समय देखि डिप्रेशन भएको कम्पनीमा कार्यरत नेपालीले बताएका छन् । शनिबार दिउँसोको खाना खाएर आराम गर्न भन्दै कोठामा गएका थिए । कम्पनीको सिसिटिभीमा दिउँसो १ बजेर ५० मिनेटसम्म उनी कम्पनीमा आएको देखिन्छ ।त्यसपछि सिसिटिभी अफ गरेर आफैले काम गर्ने मेसिन पछाडी कुनामा गएर आत्महत्या गरेका छन् ।

 

कार्यकाल सकेर सिबिटि उर्तिण गरेर पूनः कोरिया गएमन थिय भने दोस्रो कार्यकालको लागी उनले सिबिटी र पिबिटी दुवै उर्तिण गरेका थिए । घरमा एक छोरा र एक छोरी रहेको र उनि दोस्रो कार्यकालको लागी छोरी को न्वारन गरेको भोलिपल्टै घरबाट कोरिया हिडेका थिए ।उनले सुसाइड नोटमा छोरालाई कोरियादेखि साईकल ल्याईदिन नसकेको र भर्खरै तोते बोली बोल्ने छोरीको बाबा शब्दले पनि बचाउन नसकेको लेखेका छन् ।

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)