Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

6 years ago

1597




नेवि संघ पर्वतद्धारा थर्मल गन सहित स्वास्थ्य सामग्री हस्तान्तरण
नेवि संघ पर्वतद्धारा थर्मल गन सहित स्वास्थ्य सामग्री हस्तान्तरण

बैशाख २६, पर्वत । नेपाल विद्यार्थी संघ पर्वत र नेपाली काँग्रेस ठानामौलाद्धारा यहाँका दुई वटा स्वास्थ्य संस्थालाई १÷१ वटा ज्वरो नाप्ने थर्मल गन वितरण गरिएको छ । विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को परिक्षण र उपचारमा सहयोग पु¥याउने उद्देश्यले ज्वरो नाप्ने थर्मल गल सहित ग्लोब्स, मास्क लगायतका स्वास्थ्य सामग्री वितरण गरिएको हो  ।

 

फलेवास नगरपालिका वडा नं.८ ठानामौला स्वास्थ्य चौकी र चार भञ्ज्याङ सेवा केन्द्र -टेडिमेडिसियन_ खाल्टेलाई उक्त सामग्री वितरण गरिएको छ । ठानामौलाका स्वास्थ्य चौकीमा पुगेर वडा अध्यक्ष मानहादुर कुवँर र स्वास्थ चौकी इन्चार्ज लक्ष्मी सुवेदीलाई हस्तान्तरण गरिएको छ भने टेडिमेडिसियन खाल्टे पुगेर स्वास्थ्य केन्द्रका कोषाध्याक्ष रोशन गुरुङ र केन्द्र प्रमुख विप्लव थापालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको नेपाल विद्यार्थी संघ पर्वतका अध्यक्ष मिलन सुवेदीले जानकारी दिनुभयो ।

 

अध्यक्ष सुवेदीले कोरोना महामारी पहिचानका लागि थर्मल गन महत्वपूर्ण हुने भएकाले आफूहरुले सहयोग गरेको बताउँदै चेकजाँचलाई तीव्रता दिन अनुरोध गर्नुभयो । कोरोना भाइरसलाई फैलिन नदिन चेकजाँचको तिव्रतालाई बढाउनु नै उपयुक्त भएकाले आजैवाट थर्मल गन प्रयोगमा ल्याउन अनुरोध गर्नुभयो ।

 

थर्मल गन हस्तान्तरण कार्यक्रममा नेपाल विद्यार्थी संघका अध्यक्ष मिलन सुवेदी सहित नेपाली काँग्रेस ठानामौलाका सभापति हेमराज कुवँर, वडा अध्यक्ष पदका उम्मेदवार रोशन गुरुङ, सचिव शालीग्राम कुवँर र नेपाली काँग्रेसका क्रियाशिल सदस्य बुद्धिमान सुवेदीको उपस्थिती रहेको थियो ।  कोरोना महामारीको संकटग्रस्त अवस्थामा सामान्य ज्वरो नाप्ने थर्मल गन नहुँदा स्वास्थ्य चौकीका डाक्टरहरुले विरामीहरुलाई जिल्ला अस्पतालमा रिफर गदै आएका थिए । थर्मल प्राप्त भएसँगै ज्वरो नाप्न सहज भएको स्वास्थ्यकर्मीहरुको भनाई छ ।

 

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)