Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

6 years ago

1362




पर्वत : बिश्वकै दोस्रो अग्लो बञ्जीसँगै नेपालकै अग्लो लठ्ठे पिङ्ग संचालनमा
पर्वत :  बिश्वकै दोस्रो अग्लो बञ्जीसँगै नेपालकै अग्लो लठ्ठे पिङ्ग संचालनमा

बैशाख ३०, पर्वत । सहासिक पर्यटनको गन्तब्य बन्दै गएको पर्वतको कुस्माबजारमा फेरी अर्को सहासिक खेल सञ्चालनमा आएको छ । पर्वतको कुस्माबजारमा कालीगण्डकी नदीमाथी बनेको बिश्वकै दोस्रो अग्लो बन्जीजम्प परिसरमा नेपालकै अग्लो लठ्ठे पिङ्ग सञ्चालनमा आएको हो ।

दशैं तिहारमा बाँस गाडेर बनाईने पिङ्ग लठ्ठे पिङ्ग जस्तै जमिनबाट १२ मिटर उचाईका फलामे पोलमा पिङ्ग बनाइएको हो । कालीगण्डकी माथि निर्माण भएको बञ्जी पुल २ सय २८ मिटर अग्लो छ भने लठ्ठे पिङ्ग पुलबाट २० मिटर सम्म जान सकिने भएकाले उचाई सहित २ सय २४८ मिटर अग्लो छ ।

बिश्वमा सबैभन्दा अग्लो लठ्ठे पिङ्ग चीनमा छ । उक्त पिङ्ग जमिनबाट २५ मिटर अग्लो छ । तर जमिनमा २५ मिटर भएपनि कालीगण्डकीको खोच भन्दा माथि सम्म पिङ्गमा मच्चिन सकिने भएकाले पिङ्ग खेल्दा साढे २ सय मिटरबाट जमिनलाई तल देख्न सकिने बञ्जीजम्प सञ्चालन गर्ने कम्पनी द क्लिफका सञ्चालक राजु कार्कीले लोकतन्त्र अनलाईनलाई जानकारी दिनुभयो ।

उहाँका अनुसार यो पिङ्गमा बञ्जी जम्पमा प्रयोग हुने डोरी प्रयोग गरिएको छ भने सुरक्षाका सबै मापदण्ड पुरा गरिएको छ । अन्य लठ्ठे पिङ्गमा मानिसले नै मच्चाई दिने र खेल्ने मानिस नै मच्चिनु पर्ने हुन्छ यसमा विन्च मेसिनले नै मानिसलाई जमिन भन्दा धेरै माथि लगेर छाडि दिने भएकाले बढी रोमाञ्चक र धेरै उचाईमा जान सक्छन । ‘नेपालका लागि यति धेरै उचाईमा लठ्ठे पिङ्गको सुबिधा दिएर थप सहासिक खेलको शुरुवात गरेका हौ’ उहाँले भन्नुभयो ‘नेपालमा यस्तो प्रबिधीमा सञ्चालित पिङ्ग पहिलो हो भन्दा हुन्छ ।’

कुस्माकै बञ्जी नजिक यस अघि सञ्चालित पिङ्गमा आन्तरिक पर्यटकको ठुलो आकर्षण देखिएको थियो । अहिले पनि उक्त पुलमा खेल्ने र सामाजिक सञ्जालमा राख्नेहरु धेरै इच्छुक देखिएका थिए । द क्लिफ नेपाल प्रालिले सञ्चालन गरेको बञ्जीमा ब्यबसायिक रुपमा सञ्चालन गर्न शुरु गरेको बेला लकडाउन शुरु भएकाले प्रभावित भएको छ ।

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)