Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

6 years ago

7251




पर्वतमा बाघको आक्रमणबाट दुई घाईते
पर्वतमा बाघको आक्रमणबाट दुई घाईते

जेठ १, पर्वत ।  पर्वतमा बाघको आक्रमणवाट दुई व्यक्ति घाईते भएका छन् । जिल्लाको जलजला गाउँपालिका–८ नाग्लिवाङका अन्जाजी ५६ बर्षिय गोविन्दवहादुर केसी बाघको आक्रमणवाट घाईते भएका हुन् ।आज दिउँसो करिव साढे ३ बजेतिर खेतमा काम गरिरहेको अवस्थामा केसीलाई बाघले आक्रमण गरेको थियो । उनलाई बचाउन जाने क्रममा ३४ बर्षिय कृष्ण परियार समेत सामान्य घाईते भएका छन् । 

 

नाग्लिवाङका वडा अध्यक्ष हरि विकास जिसीका अनुसार बाघको आक्रमणवाट केसीको घाँटी र हातमा चोट लागेको छ  । त्यस्तै परियारको हातको औलामा चोट लागेको छ । घाईते दुवैलाई उपचारको लागि धौलागिरी अञ्चल अस्पताल बागलुङ लगिएको छ । बाघलाई स्थानीयले नियन्त्रणमा लिई जिल्ला बन कार्यालयको खोरमा राखिएको छ

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)