Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

6 years ago

1347




पर्वतमा स्वास्थ्य बिमा कार्यक्रम लागू
पर्वतमा स्वास्थ्य बिमा कार्यक्रम लागू

जेठ १, पर्वत । पर्वतमा स्वास्थ्य बीमा कार्यक्रम कार्यान्वयनमा आएको छ  । बीमा गरेका व्यक्तिहरुलाई शुक्रवारबाट सेवा दिन शुरु गरिएको पर्वत अस्पतालले जनाएको छ । २०७६ फागुन देखि शुरु भएपनि आजबाट बीमा कार्यक्रम कार्यान्वयन गरिएको हो । पर्वत अस्पतालमा प्रथम बिन्दु कोड गरि बीमा गर्ने पर्वत जिल्लामा करिव ५ हजार र बागलुङको दक्षिण क्षेत्रका १५ सय जनाको बीमा गरिएको पर्वत अस्पतालले जनाएको छ ।


कोरोना भाईरसको विश्वव्यापी महामारी र लकडाउनका कारण सेवा शुरु गर्न ढिलो भैरहेको थियो । अहिले पनि कोरोनाको त्रास निरन्तर रहेपनि बीमा कार्यक्रम भने शुरु गरिएको पर्वत अस्पतालका प्रमुख डा= शिशिर देवकोटाले जानकारी दिनुभयो । औषधी खरिद, कर्मचारी नियुक्ती र व्यवस्थापन, अन्य सामान व्यवस्थापन लगायतका कामहरु भने अझै बाँकी रहेको उहाँले बताउनुभयो । बीमामा आवद्ध हुन ५ जनाको परिवारले वार्षिक ३५ सय रुपैयाँ तिर्नुपर्छ । ५ भन्दा धेरै परिवार संख्या भएको परिवारले प्रति व्याक्ति ७ सय तिर्नुपर्ने कार्यविधि छ ।


बीमा गरेका व्याक्ति र परिवारले सरकारी अस्पतालमा उपचार गर्दा वार्षिक एक लाख रुपैयाँ बराबरको सेवा पाउने जनाईएको छ ।


सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)