Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

6 years ago

1784




वडाअध्यक्ष राजकुमार क्षेत्रीको नमूना काम
वडाअध्यक्ष राजकुमार क्षेत्रीको नमूना काम

बैशाख ७, पर्वत । पर्वतको कुश्मा नगरपालिका ८ चुवामा वडाले जेष्ठ नागरिक र विपन्न वर्गलाई औषधी वितरण गरेको छ । जारी लकडाउनका कारण औषधी किन्न जान नपाएका नियमित औषधी सेवन गर्दै आएका ६० वर्ष भन्दा माथीका दिर्घरोगीहरु र औषधी किन्न नसक्ने लाई घरमै पुगेर औषधी वितरण गरिएको हो ।

 

वडा कार्यालयले आफ्नो वडामा प्राप्त बजेट रकमान्तर गरि जनप्रतिनिधीहरुको प्रत्यक्ष निगरानीमा औषधी वितरण गरेको हो । सोमवार ६ सय  ७८ जनालाई औषधी वितरण गरिएको चुवा स्वास्थ्य चौकीका सिनियर अहेव गोपाल आचार्यले जानकारी दिनुभयो । उहाँले विरामीहरुको स्वास्थ्य परिक्षण समेत गरिएको जानकारी दिनुभयो । नियमित रुपमा औषधी सेवन गर्दै आएका विरामीहरुको पछिल्लो स्वास्थ्य अवस्थाबारे जानकारी लिइर्एको र उनीहरुको अवस्था सामान्य रहेको आचार्यले बताउनुभयो ।

 

वडाध्यक्ष राजकुमार क्षेत्री सहित वडा सदस्यहरु, राजनीतिक दलका प्रतिनिधी, स्वास्थ्यकर्मीहरुले घरदैलोमा पुगेर समस्यामा परेका नागरिकहरुको अवस्थाबारे जानकारी लिएका छन् । वडाध्यक्ष क्षेत्रीले लकडाउनका कारण विरामीहरुलाई निकै समस्या भएको महसुस गरि निशुल्क रुपमा औषधी वितरण गर्दा जेष्ठ नागरिकहरुले राहातको महसुस गरेको बताउनुभएको छ ।

 

वडाले घरघरै पुगेर संकलन गरेको विवरण अनुसार औषधी वितरण भैरहेको र आज वितरण गर्न नसकेकाहरुलाई भोली र पर्सी पनि वितरण गर्ने क्षेत्रीले बताउनुभयो ।

 

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)