Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

6 years ago

1303




दुर्लुङ पहिरोका मृतकहरुको सामुहिक अन्त्येष्टी,द्रिपा र विवेक थापाको शव घर परिवारले लगे
दुर्लुङ पहिरोका मृतकहरुको सामुहिक अन्त्येष्टी,द्रिपा र विवेक थापाको शव घर परिवारले लगे

असार १, पर्वत । पर्वतको कुश्मा नगरपालिका ३ दुर्लुङमा हिजो पहिरोमा पुरिएका शव भेटिएका ६ जनाको सामूहिक अन्तेष्टि गरिएको छ । पहिरोमा पुरिएर शव फेला परेका तुलबहादुर थापा, मीनाकुमारी थापा, विविशा थापा, सम्राट थापा, कमला विक र जेनिसा विकको मोदीबेनीमा शवको दाहसंस्कार गरिएको छ । गाउँलेहरुले पर्वत अस्पतालबाट शव बोकेर मोदीबेनीमा लगि दाहसंस्कार गरेका हुन् ।

द्रिपा थापा र विवेक थापाको भने घर परिवारले नै शव बुझेर लगेका छन् । माईत आएकी द्रिपा र उनका छोरा विबेकको मृत्यु भएको थियो । जैमिनी नगरपालिका १० पैयुँथन्थापका आफन्तले दुई आमा छोराको शव बुझेर व्यवस्थापन गरेका छन् ।

पहिरोमा हराईरहेका जेनिस विकको भने शव भेटिएको छैन । आज दिनभरी खोज्ने प्रयास गरेपनि वर्षा निरन्तर परेपछि र शव व्यवस्थापन गर्न परेपछि खोजी हुन सकेको छैन । यसैबिच नेपाल रेडक्रस सोसाईटी पर्वत शाखाले राहात वितरण गरेको छ । रेडक्रसले पहिरो पीडित परिवारलाई त्रिपाल ६ थान, कम्वल १२ थान र किचेन ३ सेट वितरण गरेको हो ।

रेडक्रस सभापती रुद्रवहादुर रिमालले वडाध्यक्ष तेजप्रसाद पाध्या मार्फत राहात हस्तान्तरण गर्नुभएको छ । उच्च जोखिममा रहेका परिवार लगाएतका १६ घरपरिवारलाई क्रमशः जिल्ला विपद व्यवस्थापन समितिको परामर्श अनुसार राहत वितरण गरिने सभापती रिमालले जानकारी दिनुभयो ।

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)