Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

6 years ago

1512




१७ दिनसम्म पीसीआर रिपोर्ट आएन, क्‍वारेन्टाइनमै बसेको बस्यै
१७ दिनसम्म पीसीआर रिपोर्ट आएन, क्‍वारेन्टाइनमै बसेको बस्यै

असार १, पर्वत । कोरोना परिक्षणका लागि स्वाव संकलन गरेको लामो समयसम्म पनि रिपोर्ट आएको छैन । दुई हप्ता अघि संकलन गरि पठाईएका स्वावको नमूना अहिलेसम्म पनि प्रयोगशालामा थन्किएको छ । स्वावको नमूना परिक्षण नहुँदा क्वारेण्टाईनमा बस्नेहरुको बसाई लम्बिएको छ ।

स्वाव संकलन गरेर पोखरा पठाएपनि रिपोर्ट नआउँदा उनीहरु १७ दिनसम्म क्वारेण्टाइनमा बस्दै आएका छन् । क्वारेण्टाइन अवधि पुरा गरेर पनि घर जान नपाएको उनीहरुको गुनासो छ । सुरुमा दुई हप्ता क्वारेण्टाइनमा बस्नुपर्ने भएकाले आफुहरु स्वादेश फर्केलगत्तै क्वारेण्टाइनमा बस्न बाध्य भएको उनीहरुको गुनासो छ ।

जिल्ला अस्पताल पर्वतका प्रमुख शिशिर देवकोटाका अनुसार स्वाव संकलन गरि स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशमा पठाएको दुई हप्तासम्म पनि रिपोर्ट आउन ढिलाई छ । प्रदेशमा एउटा मात्र मेशिनले धेरै स्वाव परिक्षण गर्दा ढिलाई भएको उहाँको भनाई छ । त्यस्तै जिल्ला अस्पताल पर्वतले आज ३१ जनाको स्वाव परिक्षणका स्वाव गरेको छ ।

अस्पतालले बन्दना होटलको क्वारेण्टाइनमा बसेका २८ जना, ब्लुऐन्जलको म्वारेण्टाइनमा बसेका २ जना र शिवालय माविको क्वारेण्टाइनमा बसेका १ जनाको स्वा परिक्षण गरेको जनाएको छ । पर्वतमा हालसम्म ५ सय जनाको स्वाव परिक्षण गरिसकिएको छ ।

जसमा ४४५ जना पुरुष रहेका छन् भने ५५ जना महिला रहेका छन् ति सबै भारतवाट फर्केका नागरिक हुन् । पर्वतमा अब ८० जनाको स्वाव परिक्षण गर्न बाँकी छ । उनीहरु मोदी गाउँपालिकाको क्वारेण्टाइनमा बस्दै आएका छन् ।

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)