Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

6 years ago

1538




गण्डकीका तीन जिल्लामा भर्खरै थपिए ३२ कोरोना संक्रमित
गण्डकीका तीन जिल्लामा भर्खरै थपिए ३२ कोरोना संक्रमित

१३ असार, पर्वत । पर्वत स् गण्डकी प्रदेशमा शनिबार बिहान थप ३२ जना कोरोना संक्रमित थपिएका छन् । यसँगै संक्रमितको संख्या ८३८ पुगेको छ।

 गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेश क्षयरोग केन्द्र, पोखरा, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, दाङ र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा गरिएको परीक्षणमा बाग्लुङ, स्याङ्जा र नवलपरासी ९बर्दघाट सुस्ता पूर्व०का व्यक्तिमा संक्रमण पुष्टि भएको हो। 

बाग्लुङको ढोरपाटन नगरपालिकाका एक पुरुष र काठेखोला गाउँपालिकाका सात पुरुषमा संक्रमण देखिएको हो। यस्तै, स्याङ्जाको पुतलीबजार नगरपालिकाका एक पुरुष, विरुवा गाउँपालिकाका एक पुरुष र अर्जुनचौपारी गाउँपालिका १२ महिलो बालकसहित १३ पुरुष र ६ जना महिलामा संक्रमण पुष्टि भएको हो। यस्तै, वालिङ नगरपालिकाका एक पुरुषमा पनि संक्रमण देखिएको स्वास्थ्य निर्देशनालयले जनाएको छ।

नवलपरासी ९बर्दघाट सुस्ता पूर्व०को हुप्सेकोट गाउँपालिकाका दुई पुरुषमा संक्रमण देखिएको हो । वालिङ नगरपालिका र हुप्सेकोट गाउँपालिकाका व्यक्तिहरु आइसोलेसनमै रहेका छन्। अन्य संक्रमितहरुलाई सम्बन्धित जिल्लाहरुमा रहेका आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ  स्वास्थ्य निर्देशनालयले जनाएको छ।

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)