Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

6 years ago

1494




पर्वत क्वारेन्टाइनमा डिस इन्फेक्सन छर्कने ब्यक्तिमा समेत कोरोना
पर्वत क्वारेन्टाइनमा डिस इन्फेक्सन छर्कने ब्यक्तिमा समेत कोरोना

पर्वत । आइसोलेसन अस्पताल, क्वारेन्टाइनमा डिस इन्फेक्सन छर्कने ब्यक्तिमा समेत कोरोना पुष्टि भएको छ । गण्डकी प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा गरिएको परिक्षणमा ती ब्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको हो ।

यो संगै पर्वतमा संक्रमितको संख्या ७१ पुगेको छ । अस्पताल, क्वारेन्टाईनहरुमा डिसइन्फेक्सन छर्किने ५३ बर्षिय पुरुष कुस्माकै हुन । उनलाई आइसोलेसनमा लैजाने तयारी भएको पर्वत कोरोना अस्पतालका सदस्य सचिव डा शिशिर देवकोटाले जानकारी दिनुभयो ।

यसैगरी पर्वत कोरोना अस्थायी अस्पतालमा उपचार गराईरहेका ८ जनाको रिर्पोट नेगेटिभ आएको छ । संक्रमितको रिर्पोट नेगेटिभ आएपछि आजै बिदाई गरिने भएको छ ।

यस अघि दुई चिकित्सक सहित पर्वतका ११ जनामा कोरोना संक्रमित घर फर्किसकेका छन ।

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)