Correspondent, ParbatNepal
5 years ago
1427
सामाजिक क्षेत्रमा क्रियाशील पर्वत वेलफेयर
सोसाइटी युकेको साधारणसभा नोभेम्बर ८
तारिकमा हुने भएको छ । ७ अक्टोबरमा सोसाइटीका अध्यक्ष नेत्र आलेको अध्यक्षतामा
बसेको बैठकको निर्णयानुसार साधारणसभा नोभेम्बर ८ मा गर्ने निर्णय भएको हो । उक्त
बैठकले भर्चुअल अधिवेशन गर्ने र संस्थापक अध्यक्ष हितकाजी गुरुङ, निवर्तमान
अध्यक्ष दधि आचार्य र सल्लाहकार धन बहादुर थापामागरको संयोजकत्वमा तीन सदस्यिय
निर्वाचन समिति पनि गठन गरेको छ ।
यस्तै, समितिको सोही बैठकले दुर्लुङमा गएको पहिरोबाट पीडितहरुलाई अन्तर्राष्ट्रिय पर्वत समाजसँगको सहकार्यमा घर निर्माण कार्य अगाडि बढाउने जानकारी सोसाइटीका अध्यक्ष नेत्र आलेले जानकारी दिनुभयो ।
महासचिव भरत पौड्यालले सञ्चालन गरेको कार्यक्रममा संस्थापक अध्यक्ष हितकाजी गुरुङको विशेष उपस्थिती थियो । बैठकमा संस्थाका पदाधिकारीहरु उपाध्यक्ष विनोद पुरी, एक पुन र सन्जिव गुरुङ, कोषाध्यक्ष सुरज पौडेल, सचिव प्रकाश न्यौपाने तथा सदस्यहरु अप्सरा गुरुङ, भिमलाल भट्टराई, यम थापा, नारायण गिरीको उपस्थिती थियो ।
