Correspondent, ParbatNepal
8 years ago
1785
माघ २६ पर्वत । जन्मदिनमा फजुल खर्च नगरेर यहाँका एक यूवतीले विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग गरेकी छिन् । सदरमुकाम कुश्माकी अन्जली पुनले जन्मोत्सवको अवसर पारेर शिवालय माविमा अध्ययनरत दलित र असहाय विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेर जन्मदिन मनाएकी हुन् । उनले आफ्नो २२ औँ जन्मदिनमा ५७ जना विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिन भने मृगौला पीडित विद्यार्थी लैला खातुनलाई चार हजार रुपैयाँ प्रदिन गरिन ।
विभिन्न संघसंस्थामा आवद्ध रहेकी पुनले जन्मदिनलाई सामाजका लागि सानो भएपनि सन्देश दिन विद्यार्थीलाई सहयोग गरेको वताईन । उनी सिसेफ नेपालकी सदस्य समेत हुन् । शिवालय माविका प्रअ भुपेन्द्र चापागाईले बिभिन्न मनकारीहरुले बेला बेलामा बिद्यालयमा रहेका असहायहरुलाई सहयोग गर्दै आईरहेको र सहयोगी मनहरुलाई धन्यबाद दिए । सिसेफ नेपालका निर्बतमान अध्यक्ष थमनारायण पौडेलले संस्थाको सदस्य समेत रहेकी अन्जली पुनले जन्मदिनको अबसरमा सामाजिीक क्षेत्रमा गरेको सहयोग अतुलनीय रहेको बताए ।
सिसेफ महिला समुहकी अध्यक्ष ईश्वरी पाठक, क्याम्पस प्रमुख कमलनाथ शर्मा, सिसेफ महिला समुहकी निर्बतमान अध्यक्ष सरस्बती बस्नेत लगायतले जन्मदिनको अबसरमा खाजा खर्च कटाएर पुनले असहाय बिद्यार्थीहरु माथि देखाएको सहयोग उदाहरणीय रहेको बताएका थिए । संस्थाका अध्यक्ष बिष्णुराज पुरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाका बरिष्ठ उपाध्यक्ष कामना रेग्मीले स्वागत तथा सञ्चालन सचिव बिनोद शर्माले गरेका थिए ।
