Author
ParbatNepal
Correspondent, ParbatNepal
8 years ago
1753
जनप्रतिनिधीले स्टेशनरी वितरण गरेर जन्मदिन मनाए
माघ २७ पर्वत । पर्वतको जलजला गाउँपालीकाका एक जना जनप्रतिनिधिले सामुदायीक विद्यालयका विद्यार्थीलाई स्टेशनरी वितरण गरेर जन्मदिन मनाउनुभएको छ ।
जलजला १ बाँसखर्कका वडा सदस्य युवराज अर्मजाले ३० औ जन्मदिनको अवसरमा बाँसखर्कमा रहेको जनज्योती र देउराली आधारभुत तथा ज्योती मण्डल माविका विद्यार्थीहरुलाई स्टेशनरी सामाग्री वितरण गर्नुभएको हो ।
जनज्योतीका २६, ज्योती मण्डलका १९ र देउरालीका ११ जना विद्यार्थीहरुलाई स्टेशनरीका साथै ज्योती मण्डलमा आकस्मीक र प्राथमिक उपचारको व्यवस्था मिलाउनका लागि व्यक्तिगत रुपमा तिन हजार रुपैया उपलब्ध गराउनुभएको छ । यसैगरी धाईरीङको कालीगण्डकी गौशालालाई एक सय केजी दाना पनी सहयोग गर्नुभएको छ ।
सम्बन्धित समाचार (जलजला गाउँपालिका )
सम्बन्धित समाचार ( शिक्षा)
