Correspondent, ParbatNepal
7 years ago
3186
साजन परियार, पर्वत । पर्वतको पैयु गाउँपालिका–७ भोर्लेका बासिन्दा बाल मैत्री स्थानीय शासन युक्त वडा घोषणको तयारीमा जुटेका छन् । ‘हाम्रो इच्छा अर्थपूर्ण बालमैत्री भोर्लेको प्रतिक्षा’ भन्ने मुल नाराका साथ वडामा बालमैत्री गतिविधी गदै आएको छ ।
बाल मैत्री स्थानीय शासनका लागि भोर्ले सक्रिय बन्दै गएको छ । अभियान अन्र्तगत वडाले विभिन्न औपचारिक कार्यक्रम समेत गदै आएको छ । बालमैत्री स्थानीय शासनका न्युनतम सूचकहरु बाल बचाउ, बाल संरक्षण, बाल विकास, बाल सहभागीता र संस्थागत विकास सम्बन्धीका सूचकहरु पुरा गरेपछि भोर्लेलाई आगमी चैत्र मसान्तसम्म बाल मैत्री स्थानीय शासन युक्त वडा घोषण गर्ने तयारी रहेको छ ।
बालमैत्री स्थानीय शासन राष्ट्रिय रणनीति २०६८ बमोजिम बालमैत्री स्थानीय शासन कार्यान्वयन कार्यबिधि २०६८ ले निर्धारण गरेको न्युनतम सूचकहरु पुरा गर्न वडाले आचार सहिंता बनाएर कडाइका साथ काम गरिरहेको वडा सचिव एवम् बाल मैत्री स्थानीय शासन युक्त समितिकी सचिव सरिता परियारले बताईन । उनले भनिन् ‘अहिले बालमैत्री स्थानीय शासनका बारेमा जनाकारी दिनुका साथै बालक्लबको परिचालन, गठन लगायतका बिषयमा छलफल तथा अन्तरक्रिया कार्यक्रम भईरहेको छ ।’
बाल मैत्री स्थानीय शासन युक्त वडा बनाउन वडाध्यक्ष भिमवहादुर गुरुङको अध्यक्षतामा समिति बनाएर काम थालिएको परियारले बताईन् ।कार्यक्रमलाई सफल बनाउन गाउँपालिका,गाउँपालिका स्थित सम्पूर्ण राजनैतिक दखलका प्रतिनिधी, स्वास्थ्य कर्मी, स्वास्थ्य स्वंयम सेवीका, विद्यालयका शिक्षक, संघसंस्थाका प्रतिनिधिहरु, विभिन्न सन्जालका सदस्य तथा बालबालिकाहरुको सहयोगमा बाल मैत्री स्थानीय शासन युक्त वडा घोषणको तयारीमा जुटेको वडाध्यक्ष भिमवहादुर गुरुङले जानकारी दिए ।पर्वत नेपाल अनलाईन सँग कुरा गदै वडाध्यक्ष गुरुङले नेपालका सबै वडालाई बाल मैत्री वडा घोषण गर्न सरकार लाग्नुपर्ने सुझाव दिनुभयो ।
यसैबिच बालमैत्री वडा स्थापना अभियान अभिमुखिकरण प्रशिक्षक प्रशिक्षण कार्यक्रम बिहिवार सम्पन्न भएको छ । सोमवार देखी शुरु भएको कार्यक्रममा विभिन्न व्यक्तिहरुको सहभागिता रहेको थियो । पैयुगाउँपालिका –७ भोर्लेको आयोजक र गाउँपालिकाको व्यवस्थापना तालिम शुरु भएको थियो ।
वडाध्यक्ष भिमवहादुर गुरुङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सहजिकरण मधुशोधन अधिकारीले गर्नुभएको थियो ।
