Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

5 years ago

2156




पर्वतमा कोरोनाका बिरामीलाई रोग प्रतिरोधात्मक आर्युवेदीक औषधी वितरण
पर्वतमा कोरोनाका बिरामीलाई  रोग प्रतिरोधात्मक आर्युवेदीक औषधी वितरण

२२ असार, पर्वत पर्वतको मोदी गाउँपालिकाले कोरोना संक्रमण पुष्टि भई अस्थायी कोरोना अस्पतालमा उपचाररत बिरामीहरुका लागि रोग प्रतिरोधात्मक आर्युवेदीक औषधीहरु हस्तान्तरण गरेको पर्वतको सिसीएमसीलाई आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागको प्रोटोकल अनुसारका औषधी हस्तान्तरण गरिएको हो सोमवार एक कार्यक्रमका बीच मोदी गाउँपालिकाका अध्यक्ष प्रेम पौडेलले प्रमुख जिल्ला अधिकारी शम्भु रेग्मीलाई औषधीहरु हस्तान्तरण गर्नुभएको हो

मोदी गाउँपालिकाको आर्युवेदिक स्वास्थ्य शाखा मार्फत उपलव्ध भएका अस्वगंन्धा चुर्ण ६० प्याकेट, गुडुची चुर्ण ६५ प्याकेट, त्रिकुट चुर्ण ६५ प्याकेट, च्यावान्प्रास ६५ वटा तुलसी चिया ६० वटा हस्तान्तरण गरिएको मोदी गाउँपालिकाका स्वास्थ्य शाखाका कविराज प्रकाशचन्द्र सुवेदीले जानकारी दिनुभयो आज बितरण गरीएको औषधिहरु करीब लाख मुल्य बराबरको रहेको पनि उहाँले जानकारी दिनुभयो

सम्बन्धित समाचार (मोदी गाउँपालिका )
सम्बन्धित समाचार ( स्थानीय तह)