Correspondent, ParbatNepal
7 years ago
1685
मंसिर ८, पर्वत । पर्वतको महाशिला गाउँपालिका ५ लुँखु स्थित महेन्द्रोदय माविमा १८ महिने वालीवज्ञानको पठनपाठन शुरु गरिने भएको छ । यसैवर्षदेखि उक्त विद्यालयमा बालीबिज्ञानमा पठनपाठन शुरु गर्ने गरि संरचना तयार भएको छ ।
कृषि कर्मतर्फ यूवाहरुको आकर्षण बढ्दै गएको अवस्थामा दूर्गम गाउँमा बालीबिज्ञान शुरु हुन लागेको हो । राष्टियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिीनाले आज एक समारोहका विच उक्त विद्यालयमा वालीवज्ञान शिक्षा शुरु भएको घोषणा गर्नुभयो । कार्यक्रममा बोल्दै तिमिल्सीनाले गाउँ रित्तिदै गएको बेला यूवालाई कृषिमा आकर्षित गर्नुपर्ने अहिलेको मुख्य उदेश्य हुनुपर्ने बताउनुभयो ।
यूवाहरुलाई बिदेश पठाउने भन्दा पनि दक्ष बनाएर यहिँको माटोमा रमाउने बनाउनुपर्ने तिमिल्सीनाले बताउनुभयो । अधयक्ष तिमिल्सीनाले कृषिको माध्यमबाट धेरै रोजगारी सृजना हुने भएकाले संघ, प्रदेश र स्थानीय सरकारले यसतर्फ लगानी बढाउनुपर्ने बताउनुभयो । उक्त समारोहमा प्रतिनिधी सभाका साँसद पदम गिरी, जिल्ला समन्वय समितिका प्रमुख मनोहर वि. पौडेल, महाशिला गाउँपालिकाका अध्यक्ष राजु पौडेल, प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल, महाशिला ५ का वडाध्यक्ष जीवन उचै ठकुरी लगायतले बोल्नुभएको थियो ।
उक्त विद्यालयमा स्थानीय नारायण अधिकारीले आफ्ना वुवाआमाको सुस्वास्थ्यको कामना गर्दै कम्प्युटर कक्षाका लागि २० वटा कम्प्युटर सहित १३ लाख ५० हजारको लागतमा एक भवन बनाउन सहयोग गर्नुभएको छ । भवन र कम्प्युटर ल्यावको पनि शुक्रवार नै उद्घाटन गरिएको छ ।
विद्यालयमा अधिकारी परिवारले २० वटा कम्प्युटर प्रदान गरि ल्याव सञ्चालन गर्नुभएको हो । अधिकारी परिवारले विद्यालयमा फर्निचर समेत सहयोग गरेका छन् ।
