Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

7 years ago

1709




कटुवाचौपारीमा बस्ती वरपरका रुख काट्ने अभियान शुरु
कटुवाचौपारीमा बस्ती वरपरका रुख काट्ने अभियान शुरु

मंसिर १६, पर्वत । कुश्मा नगरपालिकाको वडा नम्वर ९ कटुवाचौपारीमा बस्ती वरपरका रुख काट्ने अभियान शुरु गरिएको छ ।

सोमबार कुश्मा ९ कटुवाचौपारीको छेउखन्नाका बिष्णु अधिकारीको घरनजिकैको रुख वडाध्यक्ष कृष्णप्रसाद लामिछानेले काटेर रुख कटान अभियान शुरु गरिएको हो । कुश्मा नगरपालिकाले बस्ती वरपर वन्यजन्तु र प्राकृतिक बिपत्बाट हुने सम्भावित क्षती क मगर्नका लागि रुख कटान अभियान शुरु गर्न सबै वडालाई निर्देशन दिएको थियो । नगरसभाले गरेको निर्णय बमोजिम पहिलोपटक कटुवाचौपारीबाट रुख कटान अभियान शुरु गरिएको वडाध्यक्ष लामिछानेले बताए ।

अधिकारीको घरनजिकै उहाँकै खेतमा रहेको रुख सोमबार बिहान वडाध्यक्ष लामिछानेसहित वडा सदस्यहरु बिष्णुहरी पराजुली, डिल्ली पिसी, साबित्री नेपाली लगायतको रोहवरमा काटिएको हो । बिष्णु अधिकारीले कटुवाचौपारीको बस्ती जंगलले ढाकिन थालेपछि रुखको घारीले अन्नबाली उब्जनी घटेको र बाँदरले अन्न खाएर सखाप पारेको बताउनुभयो । उहाँले आफुले नै शुरु गरेर अभियानको थालनी आफैबाट शुरु गरेपछि अरुलाई भन्न सजिलो हुने बताउनुभयो ।

नगरपालिकाको निर्णय बमोजिम वडाले १३ गते निर्णय गरेर ४५ दिने सार्वजनिक सूचना प्रकाशित गरेको थियो । आइतबार नै वडाका सबैजसो बस्तीमा माइकिङ गरेर रुख काट्न जानकारी गराइएको छ । कटुवाचौपारीमा करिव ५०० घरधुरी छन् ।

हरेक घरको आसपासमा हुने बा“स, डाले घा“स लगायत सबैजसो रुख काटिने वडाले जनाएको छ । बरपिपलका रुख र सार्वजनिक चौतारो मास्न नहुने भन्दै जोगाउनैपर्ने रुख भए का“टछा“ट गरेर छाडिने वडाको निर्णय छ । नगरपालिकाले गत असोज २ गते निर्णय गरेर हरेक घरको २५ मिटर वरपरका रुख काट्ने निर्णय गरेको नगरप्रमुख रामचन्द्र जोशीले जानकारी दिनुभयो ।

सम्बन्धित समाचार (कुश्मा नगरपालिका )
सम्बन्धित समाचार ( स्थानीय तह)