Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

7 years ago

2227




प्रविधिमैत्री कुश्मा नगरपालिका-सबै सूचना मोवाईल एसवाट
प्रविधिमैत्री कुश्मा नगरपालिका-सबै सूचना मोवाईल एसवाट

मंसिर १८, पर्वत पर्वतको कुश्मा नगरपालिकाले सूचनामूलक मोबाइल एप्स् सार्वजनिक गरेको नगरपालिकाको सम्पूर्ण विवरणसहित सो एप्स् सोमबार एक कार्यक्रमको आयोजना गरेर सार्वजनिक गरिएको हो

नेपाल सरकार सूचना तथा प्रविधि मन्त्रालय अन्तर्गत सूचना प्रविधि विभाग स्थानीय शासन तथा सामूदायिक विभाग कार्यक्रम अन्तर्गतको सूचना तथा प्रविधिलाई सहजीकरण गर्नको लागी नगरपालिकामा मोबाईल एप्सको सुरुवात गरिएको हो

मेयर रामचन्द्र जोशीले एपसको उद्घाटन तथा सार्वजनिक गर्दै ग्रामीण क्षेत्रमा पनि सूचना तथा संचार प्रविधि सबैको हक अधिकार सुनिश्चित गर्ने उदेश्यले मोबाईल एप्सको सुरुवात गरेको बताए उनले यसको बिकास संगै यहाँका सवै वडाका जनतामा कुश्मा नगरपालिकासंगको सम्पर्क वढ्ने बताए ।यो एप्स् हाल एन्रोड मोबाईलमा चलाउन सकिन्छ भने हप्ता दिन भित्रै सवैको पहुँचमा रहने गरी आई एसओ मोबाईलका प्रयोगकर्ताले पनि प्राप्त गर्ने नगरपालिकाले योजना बनाएको

मोबाईल एप्स डाउनलोड गर्नको लागि आफ्नो मोबाईलको प्ले स्टोरमा गई एप्स्लाई डाउनलोड गरी प्रयोग गर्न सकिन्छ यस एपबाट नगरपालिकाबाट प्राप्त हुने सम्पुर्ण सेवाहरु, कार्यक्रम तथा परियोजनाहरु, ऐन कानुनहरु, बडा विवरण, महत्वपूर्ण स्थानहरुको जानकारी प्राप्त गर्न सकिन्छ अब विश्वको जुनसुकै कुनाबाट पनि कुश्मा नगरपालिकाको बारेमा आफ्नो धारणा राख्न सकिन्छ


भने,एप्स् मार्फत जानकारी लिन पनि सकिन्छ ।कुश्मा नगरपालिकाका आईटी इन्जिनियर राजीब रिमालले यो प्रयोग गर्न मोवाईलको प्ले स्टोरमा गई Kushma Municipality  टाईप गरेर पाउन सकिने बताए उनले अब नगरपालिकामा भएका गतिबिधी पाउँन के कसरी चलाउने भन्ने लगायतका जानकारी दिएका थिए

एप्स् सार्वजनिक कार्यक्रमा कुश्मा नगरापालिकाका कार्यबाहक प्रसासकीय अद्यिकृत रुद्र नारायण शर्मा,साहयक सिडियो डिल्लीराम शर्मा,शाखा अद्यिकृत नविन सुवेदी लगायतले बोलेका थिए

सम्बन्धित समाचार (कुश्मा नगरपालिका )
सम्बन्धित समाचार ( स्थानीय तह)