Correspondent, ParbatNepal
7 years ago
2297
मंसिर १७, पर्वत– पर्वतको फलेवास नगरपालिका–५ खानीगाउँमा बृहत बालाचर्तुदशी मेला हुने भएको छ ।
‘सभ्य सँस्कृति र प्रविधि सम्पन्न स्वास्थ्य, शान्त र समुन्नत समाजको निर्माण’ भन्ने मुल नारा साथ कार्यक्रमको आयोजना गरिएको हो । उक्त कार्यक्रम राष्ट्रिय जागरण युवा समाजको आयोजना गरेको हो ।
मंसिर १९ गतेदेखी शुरु हुने कार्यक्रम २२ गतेसम्म संचालन हुने छ । कार्यक्रमका अवसरमा विभिन्न खेलकुद, साँस्कृतिक लगायत विभिन्न प्रतियोगिता आयोजना गरिएको छ । उक्त अवसरमा वडा स्तरिय खुल्ला भलिवल प्रतियोगिता, नृत्य प्रतियोगिता,घैटो फुटाउने प्रतियोगिता। आधारभुत तह स्तरिय हाजिरी जवाफ, दौड प्रतियोगिता, बिस्कृट प्रतियोगिता र तेक्वान्दो प्रदर्शनी गरिने छ ।
भलिबल प्रतियोगितामा प्रथमलाई ४० हजार १११, द्धितीय २५ हजार १११ र मेडल र प्रमाणपत्र पुरस्कार प्रदान गरिने छ । त्यस्तै नृत्य प्रतियोगितामा प्रथम पुरस्कार २५ सय र द्धितीय पुरस्कार १५ सय र तृतीय १ हजार मेडल र प्रमाणपत्र, घैटो फुटाउने प्रतियोगितामा प्रथम पुरस्कार ३ हजार, द्धितीय २ हजार र तृतीय १ हजार,दोड प्रतियोगितामा प्रथम पुरस्कार २ हजार, द्धितीय पुरस्कार १५ सय र तृतीय १ हजार र बिस्कृट प्रतियोगिता र तेक्वान्दो प्रदर्शनीमा सहभागीलाई आकर्षक पुरस्कार रहेको राष्ट्रिय जागरण युवा समाजका अध्यक्ष लकास सुवेदीले जानकारी दिनुभयो ।
कार्यक्रममा राष्ट्रिय स्तरका कलाकार प्रजापती पराजुली, कृष्ण अखेली र हास्य कलाकार निर्मल पौडेलको बेजोड प्रस्तुती रहने छ ।
