Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

7 years ago

1785




लुँखुदेउराली प्राथमिक स्वास्थ्य केन्द्रमा एम्बुलेन्स सेवा सुचारु
लुँखुदेउराली प्राथमिक स्वास्थ्य केन्द्रमा एम्बुलेन्स सेवा सुचारु

मंसिर १९, पर्वत । पर्वतको महाशिला गाउँपालिका स्थित लुँखु देउराली प्राथमिक स्वास्थ्य केन्द्रको एम्वुलेन्स सुचारु भएको छ । 

विगत केहि महिनादेखि चालकको अभावका कारण बन्द रहेको एम्वुलेन्स आज देखि पुनः सञ्चालनमा आएको हो । नयाँ चालक खोजेर एम्वुलेन्स सुचारु गराइएको वडाध्यक्ष जीवन उचै ठकुरीले जानकारी दिनुभयो ।

चालकको अभाव मात्रै नभई पाटपूर्जा समेत मर्मत गरिएको ठकुरीले बताउनुभयो । एम्वुलेन्स थन्किएर रहँदा स्थानीय बासिन्दालाई समस्या थियो । गाउँमा चाहिएको बेला सवारी नपाउँदा डोकोमा बोकेर अस्पतालमा लैजानुपर्ने बाध्यता पनि थियो ।

महाशिला गाउँपालिकाका बासिन्दा विरामी भए पोखरा वा सदरमुकाम कुश्मा आउने गरेका छन् । सिँगो गाउँपालिकालाई लुखुँ प्राथमिक स्वास्थ्य केन्द्रको एम्वुलेन्सले सेवा दिँदै आएको छ ।


सम्बन्धित समाचार (महाशिला गाउँपालिका )
सम्बन्धित समाचार ( स्थानीय तह)