Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

7 years ago

1794




पुर्णेश्वर माबिले स्वर्ण महोत्सब मनाउने
पुर्णेश्वर माबिले  स्वर्ण महोत्सब मनाउने

मंसिर २१, पर्वत एउटा विद्यालयले कहिलेसम्म स्वर्ण महोत्सव मनाउँलान < एक हप्ता, दुई हप्ता वा एक महिलासम्म < तर, यहाँको एक विद्यालयले भने एक बर्षसम्म स्वार्ण महोत्सव मनाउने भएको पर्वतको कुश्मा नगरपालिका १० पिपलटारीमा अवस्थित पूर्णेश्वर माध्यामिक विद्यालयले एक बर्षसम्म स्पर्ण महोत्सव मनाउने भएको हो विस २०१७ सालमा स्थापना भएको विद्यालय जिल्लाकै अग्रणी शैक्षिक संस्थामा पर्ने गर्छ बिद्यालयमा प्राबिधीक शिक्षा सुरु गर्ने लक्ष्य सहित माघ १७ देखि अर्को २०७६ माघ १७ सम्म एक बर्ष बिबिध कार्यक्रम सहित स्वर्ण महोत्सब मनाउने भएको हो

स्वर्ण महोत्सब मुल आयोजक समितिले बुधवार कुश्मामा पत्रकार सम्मेलन मार्फत दिएको जानकारी अनुसार बिद्यालयले शैक्षिक प्रदेश, राष्ट्रिय स्थानिय स्तरका बिभिन्न प्रतियोगिता, सचेतनामुलक कार्यक्रम सहित स्वर्ण महोत्सब मनाउन लागिएको हो स्वर्ण महोत्सबमा बिभिन्न दाताहरुबाट रकम संकलन गरेर प्राबिधीक शिक्षा सुरु गर्ने योजना रहेको मुल आयोजक समितिका संयोजक गणेश शर्मा पौडेलले बताए खर्चिला बोझिला कार्यक्रम भन्दा पनि प्रभावकारी कार्यक्रमहरु मार्फत स्वर्ण महोत्सब मनाउने लक्ष्य राखिएको महोत्सबमा बिभिन्न दाताहरुबाट सहयोग संकलन गरि सिभिल वा अन्य बिषयको इन्जिनियरीङ्ग कक्षा सुरु गर्ने छोटो अवधीका सिपमुलक तालिम समेत सञ्चालन गरि प्राबिधीक जनशक्ति तयार गर्ने लक्ष्य राखिएको संयोजक पौडेलले बताए


स्वर्ण महोत्सबमा सय देखि १० लाख सम्म चन्दा दिने सहयोगदातालाई बिभिन्न सम्मान गर्ने कार्यक्रम रहेको महोत्सब मुल आयोजक समितिका सहसंयोजक मेघनाथ सुबेदीले जानकारी दिए महोत्सबमा करोड ५० लाख भन्दा बढी चन्दा संकलन गर्ने लक्ष्य आयोजकले राखेका छन

स्वर्ण महोत्सबमा राष्ट्रियस्तरको बक्तृत्वकला प्रतियोगिता, प्रदेशस्तरको लोकदोहोरी प्रतियोगिता तथा स्थानिय जिल्लास्तरा पत्रकार शिक्षक बिच भलिवल प्रतियोगिता, स्वर्ण स्तम्भ स्वर्णद्वारको शिलन्यास गर्ने, लोकनृत्य, भलिबल, बत्तीबुनाई,रत्यौली, लठो तान्ने, खुल्ला ठेलो, ब्याडमिन्टन लगायतका कार्यक्रम बर्षभर मनाउने भएको पत्रकार सम्मेलनमा बिद्यालयका प्रधानाध्यापक सरोज केसी महोत्सब प्रचारप्रसार समितिका संयोजक गणेश पौडेलले पनि महोत्सबका बारेमा जानकारी दिएका थिए ।कार्यक्रममा फलेवास नगरपालिकाका मेयर पदमपाणि शर्माले  आफनो भनाई राखेका थिए

सम्बन्धित समाचार (कुश्मा नगरपालिका )
सम्बन्धित समाचार ( स्थानीय तह)