Author
ParbatNepal
Correspondent, ParbatNepal
7 years ago
1693
पर्वतमा हाफ म्याराथुन,ठकुरीलाई उपाधी
मंसिर २२, पर्वत । पर्वतमा हाफ म्याराथुन प्रतियोगिता आज सम्पन्न भएको छ । प्रतियोगिताको उपाधी ईन्द्रावती गाउँपालिका –६ सिन्धुपाल्चोकका गणेशसिँह ठकुरीले प्राप्त गर्नुभएको छ ।
५४ जना सहभागी भएको प्रतियोगितामा पहिलो भएर ठकुरीले नगद ७५ हजार रुपैयाँ पुरस्कार हात पार्नुभयो । २१ किलोमिटर लामो दौड ठकुरीले १ घण्टा १० मिनेट ३ सकेण्डमा पुरा गर्नुभएको थियो ।
मोदी गाउँपालिका ७ राम्जा स्थित पशुपती माविले स्वर्णमहोत्सवको अवसरमा प्रतियोगिता आयोजना गरेको हो ।
उक्त प्रतियोगितामा धनगढी १७ कैलालीका किरणसिँह ठकुरी दोस्रो भएर नगद ५० हजार पुरस्कार पाउनुभयो भने महाकुलुङ गाउँपालिका ८ सोलुखुम्वुका सुमन कुलुङ राईले तेस्रो स्थान हासिल गरि २५ हजार नगर पुरस्कार प्राप्त गर्नुभयो ।
सम्बन्धित समाचार (मोदी गाउँपालिका )
सम्बन्धित समाचार ( स्थानीय तह)
