Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

7 years ago

2214




खानीगाउँमा बृहत बालाचर्तुदर्शी मेला शुरु
खानीगाउँमा  बृहत बालाचर्तुदर्शी मेला शुरु

मंसिर २१, पर्वत । पर्वत–पर्वतको फलेवास नगरपालिका–५ खानीगाउँ पिप्लेमा बृहत बालाचर्तुदर्शी मेला शुरु भएको छ । प्रत्येक बर्षको बालाचतुर्दशी पर्वको अवसरमा लाग्ने मेला फलेवास क्षेत्रको सबैभन्दा ठुलो मेला हो ।

मेलाको फलेवास नगरपालिका उप–प्रमुख मन्जु अधिकारीले उद्घाटन गरिन् राष्ट्रिय जागरण युवा समाजले आयोजना गरेको मेला ३ दिनसम्म लाग्छ । मेलामा विशेष गरेर युवा युवतीहरुको अत्याधिक भिडभाड शुरु भएको छ ।

मेला हेर्नको लागि बागलुङ, स्याङजा, कास्की लगायतका मानिसहरु आउने गर्छन । मेला हेर्न आउने युवायुवतीहरुका कारण पिप्ले बजारमा विहानै देखी भिडभाड बढेको छ । खेतीपाती थन्काएर सकेका किसानहरुको समेत मेलामा बाक्लो उपस्थिती रहेको छ ।

मेलामा गाउँगाउँवाट किसानहरु आएका छन् । मेलामा कृषिजन्य बस्तुको प्रर्दशनी गरिने छ । उक्त मेलामा फलेवास नगरपालिका भित्र उत्पादन भएका कृषिजन्य उत्पादन तथा कृषि यन्त्रको प्रर्दशन गरिने आयोजकले जनाएको छ । किसानले उत्पादन गरेका कृषिजन्य वस्तुको बजारीकरण सँगै जनशक्ति अभावले समस्या कम गर्न यान्त्रीकरणलाई जोड दिँदै कार्यक्रमको आयोजना गरिएको आयोजकको भनाई छ । मेलामा किसानलाई कृषिसम्वन्धी विभिन्न उपकरण, त्यसको मुल्य र पाईने ठाउँ लगायतका विषयहरुमा जानकारी दिईने छ ।

उक्त मेलामा नेपाल बाणिज्य बैकको खाता निःशुल्क खोल्ने व्यवस्था मिलाईएको छ । त्यसका लागि दुई वटा फोटा र नागरिकताको फोटो कपी आवश्यक पर्ने बैंकले जनाएको छ । त्यस्तै आज देखी खुल्ला वडा स्तरिय  भलिवल प्रतियोगिता शुरु हुन लागेको खेलकुद संयोजक प्रकाश परियारले जानकारी दिए । उनका अनुसार भलिवल प्रतियोगितामा २० टिम भन्दा बढि हुने अपेक्षा लिएको परियारको भनाई छ । ‘सभ्य सँस्कृति र प्रविधि सम्पन्न स्वास्थ्य, शान्त र समुन्नत समाजको निर्माण’ भन्ने नाराका आयोजना गरेको कार्यक्रम सभ्य र भव्य रुपमा सम्पन्न गर्न लागेको आयोजकले जनाएको छ ।

त्यस्तै उद्घाटन शत्रमा भएको आधारभुत तह स्तरिय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा ७ विद्यालयको सहभागिता रहेको थियो । जसमा पहिला फलेवास मोडल अंग्रेजी आवसिय मा.वि, दोस्रो शारदा आधारभुत विद्यालय र तेस्रो भवानी विद्यापिठ मा.वि भएको आयोजकले जनाएको छ । प्रतियोगितामा विजेताहुनेलाई क्रमश ३ हजार, २ हजार र १ हजार प्रदान गरिएको छ ।

त्यस्तै आज नृत्य प्रतियोगिता,घैटो फुटाउने प्रतियोगिता, दौड प्रतियोगिता, बिस्कृट प्रतियोगिता र तेक्वान्दो प्रदर्शनी गरिने छ । भलिबल प्रतियोगितामा प्रथमलाई ४० हजार १११, द्धितीय २५ हजार १११ र मेडल र प्रमाणपत्र पुरस्कार प्रदान गरिने छ ।

त्यस्तै नृत्य प्रतियोगितामा प्रथम पुरस्कार २५ सय र द्धितीय पुरस्कार १५ सय र तृतीय १ हजार मेडल र प्रमाणपत्र, घैटो फुटाउने प्रतियोगितामा प्रथम पुरस्कार ३ हजार, द्धितीय २ हजार र तृतीय १ हजार,दोड प्रतियोगितामा प्रथम पुरस्कार २ हजार, द्धितीय पुरस्कार १५ सय र तृतीय १ हजार र बिस्कृट प्रतियोगिता र तेक्वान्दो प्रदर्शनीमा सहभागीलाई आकर्षक पुरस्कार रहेको राष्ट्रिय जागरण युवा समाजका अध्यक्ष लकास सुवेदीले जानकारी दिनुभयो ।


सम्बन्धित समाचार (फलेवास नगरपालिका )
सम्बन्धित समाचार ( स्थानीय तह)