Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

7 years ago

1925




शंकरपोखरीमा नगरपालिका स्तरीय हाजिरजवाफ तथा न्यानो कपडा वितरण
शंकरपोखरीमा नगरपालिका स्तरीय हाजिरजवाफ तथा न्यानो कपडा वितरण

मंसिर २२, पर्वत । ‘जागरुक समाजको खोज, समाज परिर्वतनमा युवा शक्तिको सोच भन्ने मुल नाराका साथ स्थापना भएको सिमखेत युवा क्लवले आज मा.वि तह हाजिर जवाफ प्रतियोगिता तथा न्यानो कपडा वितरण गरेको

फलेवास नगरपालिका स्तरिय हाजिरजवाफ प्रतियोगितामा ग्रामोदय मा.वि भँगरा पहिलो, जनसहयोगी मा.वि शंकरपोखरी दोस्रो, अन्नपूर्ण मा.वि कार्कीनेटा तेस्रो भवानी विद्यापीठ मा.वि खानीगाउँ सान्त्वना भएको प्रतियोगितामा पहिलो, दोस्रो, तेस्रो सान्त्वनालाई क्रमश हजार, हजार, हजार १५ सय प्राप्त गरेका छन् साथै सोही कार्यक्रममा जनसहयोगी मा.विका सम्पूर्ण विद्यार्थीलाइ न्यानो कपडा वितरण गरिएको कार्यक्रम संयोजक कमल कार्कीले जानकारी दिनुभयो


कार्यक्रममा बोल्दै प्रमुख अतिथी तथा नेपाली काँग्रेसका महासमिति सदस्य गंगाधर तिवारीले क्लवले गरेको कामको प्रशंसा गर्नुभयो उहाँले सामजिक काम सँगै रचनात्मक काम गदै अगाडी बढ्न सुझाव दिनुभयो फलेवास नगरपालिकाका मेयरका प्रत्यासी समेत रहेका तिवारीले फलेवास नगरपालिका सबैको साझा संस्था हुन नसकेको बताउनु भयो उहाँले नगरपालिकालाई मेयरले पार्टीको सचिवालय जस्तै बनाएर संचालन गरेको आरोप लगाउनु भयो तिवारीले उपमेयर वडाअध्यक्षको अधिकारलाई कुण्ठित गर्न खोजेको बताउँदै अधिकार जति आफ्नो मुठिमा नलिन आग्रह गर्नुभयो

शंकरपोखरीका वडाध्यक्ष अर्जुनवहादुर कार्कीले नगरपालिकाले शंखरपोखरीलाई विभेद गरेको गुनासो गर्नुभयो उहाँले समान्तर विकास भन्दा पनि कार्यकर्ता मुखी विकासमा ध्यान दिएको आरोप लगाउनु भयो


क्लवका अध्यक्ष सरोज खनालले सामजिक तथा बौद्धिकस्तरका कार्यक्रम संञ्चालन गदै अगडी बढ्ने बताउनु भयो उहाँले क्लवले सामजिक क्षेत्रमा उल्लेख्नीय काम गरेको भएतापनि फलेवास नगरपालिकाले केही सहयोग नगरेकोमा गुनासो व्यक्त गर्नुभयो

कार्यक्रममा जनसहयोगी मा.विका प्रधानाध्यापक गणेशवहादुर थापा, वडा सदस्य निर्मला रेग्मी, टोल विकास समितका अध्यक्ष हेमप्रसादअधिकारी, नेपाल विद्यार्थी संघका सभापति शिशिर शर्मा पौडेल, जिल्ला नेपाल भुपु सैनिक संघ पर्वतका पूर्व अध्यक्ष सुकदार खड्कावहादुर कार्की, क्लवका आजिवन सदस्य इन्द्र कार्की लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो


उक्त अवसरमा उमाविष्णु अक्षयकोषका संरक्षक विष्णुप्रसाद रिजालले जनसहयोगी मा.विका जना अनाथ बालबालिकालाई टोपी झोला वितरण गर्नुभएको थियो

क्लवका अध्यक्ष खनालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्वागत मन्तव्य क्लवका सल्लाहकार दिपेन्द्र कार्की कार्यक्रमको संचालन क्लवका सचिव ईश्वर कार्की सन्तोष पाठकले गर्नुभएको थियो

 

सम्बन्धित समाचार (फलेवास नगरपालिका )
सम्बन्धित समाचार ( स्थानीय तह)