Correspondent, ParbatNepal
7 years ago
2538
साजन परियार,पर्वत । बालमैत्री वडा स्थापनाका लागि पर्वतको पैयुँ गाउँपालिका–७ भोर्लेमा स्थानीय शासन आधारभूत सर्वेक्षण तालिम तथा घरधुरी सर्वेक्षण कार्यक्रम गरिएको छ । तिन दिनसम्म संचालन भएको तालिम सोमवार सम्पन्न भएको छ ।
तालिम पश्चात आजबाट २९ गतेसम्म घरधुरी सर्वेक्षण गरिने छ गाउँपालिकाले आफ्नो कार्यक्षेत्र भित्रको गाउँको वस्तुगत विवरण तयार तथा अध्यावधि गर्नको लागि घरधुरी सर्वेक्षणको लागि १५ गणकहरुलाई आधारभूत तालिम प्रदान गरिएको हो । । पैयु गाउँपालिकाको व्यवस्थापक र भोर्लेको आयोजनमा तालिम सम्पन्न भएको हो । तालिममा २० जनाको सहभागिता रहेको थियो ।
तालिमको डाक्टर कमल फुयाल, मधुसुधन अधिकारी कपिल फुयाल, बिजय महर्जन र अर्जुन भट्टाराईले गणकहरुलाई प्रशिक्षण प्रदान गर्नु भएको थियो । गणकहरुको काम कर्तब्य र अधिकारको बारेमा गणकहरुलाई प्रशिक्षण दिईएको थियो । सैदान्तिक र प्रयोगात्मक विधिबाट संचालन गरिएको तालिममा गणकहरुलाई तथ्यांक ,यसको महत्व र संकलन विधिका बारेमा स्पष्ट ज्ञान दिई घर घरमा गई घरधुरी सर्वेक्षण फारम समेत भर्न लगाईने वडा सचिव सरिता परियारले जानकारी दिनुभयो ।
आफ्नो नगरको प्रोफाइल तायरी गर्ने कार्यमा संलग्न हुन पाउँदा आफुहरु खुसी भएको सहभागीहरुले बताए । तालिमको उद्घाटन गदै गाउँपालिका अध्यक्ष खगेन्द्र तिवारीले मानव समुदायको सुन्दर भविष्य उज्ज्वल राख्नका लागि बालबालिकाप्रति असल एवं नैतिकवान् व्यवहार आवश्यक रहेको बताउनुभएको छ । तिवारीले परिवारदेखि टोल र समुदाय सबैले मिलेर बालहितका पक्षमा कसरी प्रभावकारी काम गर्न सकिन्छ भन्ने ठोस धारणा बनाउन पनि त्यत्तिकै जरुरी रहेको बताउनु भयो ।
गाउँपालिकाकी उपाध्यक्ष जसमती गुरुङले सुन्दर, शान्त र समुन्नत ढंगले मानव बसोबासयोग्य गाउँ बनाउने पहिलो सूचक बालमैत्री व्यवहार नै भएको विचार व्यक्त गर्नुभयो । वडाध्यक्ष भिमवहादुर गुरुङले बालबालिकाका अधिकार सुरक्षित गरी स्थानीय तहलाई बालमैत्री बनाउन सबै सरोकारवालाको सहयोग जरुरी भएको बताउनुभयो ।
पछिल्लो समय भोर्लेलाई बाल मैत्री स्थानीय शासन युक्त वडा बनाउन त्यहाँका स्थानीय जुटेका छन् । ‘हाम्रो इच्छा अर्थपूर्ण बालमैत्री भोर्लेको प्रतिक्षा’ भन्ने मुल नाराका साथ वडामा बालमैत्री गतिविधी गदै आएको छ । बालमैत्री स्थानीय शासनका न्युनतम सूचकहरु बाल बचाउ, बाल संरक्षण, बाल विकास, बाल सहभागीता र संस्थागत विकास सम्बन्धीका सूचकहरु पुरा गरेपछि भोर्लेलाई आगमी चैत्र मसान्तसम्म बाल मैत्री स्थानीय शासन युक्त वडा घोषण गर्ने तयारी रहेको वडा सचिव परियारले बताईन ।
