Correspondent, ParbatNepal
7 years ago
3327
साजन परियार, पर्वत । युनाईटेड स्पोर्ट क्लवको आयेजनामा खेलकुद तथा बृहत साँस्कृतिक कार्यक्रम हुने भएको छ । हिन्दु धर्मलम्बीहरुको विशेष पर्व पुसे १५ (तमुल्होछार) को अवसरमा आयोजित उक्त कार्यक्रम पुस १२ गतेदेखी फलेवास नगरपालिका– देविस्थान माझीचौरमा हुन लागेको हो ।
कार्यक्रमको तयारी धमाधम थालिएको
छ । खेलकुद र पराम्परा कला सँस्कृतिको संरक्षण गरौँ भन्ने मुल नाराका साथ आयोजना गरेको कार्यक्रममा नेपालका चर्चित गायक तथा मोडलहरुको साँगितिक जगाउने उदेश्यले संचालन गर्न लागेको कार्यक्रममा नेपालका चर्चित रास्ट्रिय तथा स्थानिय कलाकारहरुको बेजोड प्रस्तुति रहने कार्यक्रम संयोजक विवेक थापाले जानकारी दिए ।
कार्यक्रममा चर्चित लोक तथा दोहोरी गायक बसन्त थापा, बिमलराज क्षेत्री, दुर्गेस थापा, भूमिका गिरी, थानेश्वर गौत्तम, सरोज साजन श्रेष्ठ, सुरेश परियार, सुनिता नेपाली र स्थानीय कलाकारको बेजोड प्रस्तुति रहने संयोजक थापाले बताए । कार्यक्रमको अवसरमा खुल्ला पुरुष वडा स्तरिय भलिबल प्रतियोगिता समेत हुने छ । प्रतियोगितामा दर्ता शुल्क छ हजार रहेको छ । त्यस्तै प्रथम पुरस्कार ६६ हजार ६ सय ६६ रुपैया शिल मेडल र प्रमाणपत्र, द्धितृय पुरस्कार ३३ हजार ३ सय ३३ मेडल र प्रमाणपत्र, तृतिय पुरस्कार ११ हजार १ सय ११ मेडल र प्रमाणपत्र रहेको छ भने अनुशासित तथा उत्कृष्ट खेलाडीलाई बिशेष पुरस्कारको व्यवस्था गरिएको खेल संयोजक भुषण श्रेष्ठले जानकारी दिए ।
त्यस्तै रतैली प्रतियोगिता, १०० मिटर र १५०० सय मिटर दौड प्रतियोगिता,नृत्यु प्रतियोगिता र साथमा कृषि तथा तेकोण्डो प्रर्दशन गरिने क्लवका अध्यक्ष अचुत श्रेष्ठले जानकारी दिए । साँस्कृतिक कार्यक्रममा सहभागी भै निशुल्क अबलोकन गर्न क्लबका अध्यक्ष क्लवका अध्यक्ष अचुत श्रेष्ठले सबै दर्शक तथा सहयोगीमा आग्रह समेत गरेका छन् ।
