Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

7 years ago

1837




जनताका ७५ जना विद्यार्थीलाई सुईटर वितरण
जनताका ७५ जना विद्यार्थीलाई सुईटर वितरण

साजन परियार, पर्वत आफ्ना छोराछोरीले न्यानो लुगा पाउने भएपछि शुक्रवार जनता निम्न मा.वि खानीगाउँमा अभिभावकहरुको भीड लाग्यो अन्य समयमा कम मात्रामा उपस्थिती हुने अभिभावकहरुको भीडले विद्यालयको रैनकै फेरिएको थियो बस्ती भन्दा केही पर रहेको विद्यालयमा ठुलै मेला लागेको जस्तो देखिन्थ्यो

कपडा वितरणको खवर पाएका विद्यार्थीहरु हाम्रो गाडीको हरान बजाउँदा साथ कक्षा नै छोडेर आए नयाँ लुगा पाउने आशमा बसेकाहरु विद्यार्थी सुईटर पाएसँगै खुशीले गद्गद भए सन्तानले नयाँ लुगा पाएपछि अभिभावकहरु खुशी भएका थिए जाडोयाम सुरु भएसँगै विद्यालयमा जाने विद्यार्थीको संख्या कम हुन्छ जाडोमा लगाउने लुगाको अभाव भएपछि विद्यालयका विद्यार्थीहरुलाई राहात मिलेको विद्यालयका प्रधानाध्यापक बैकुण्ठ श्रेष्ठले बताए

विद्यार्थीलाई चिसोबाट बचाउन न्यानो कपडा वितरण गरेको श्रेष्ठको भनाई मिलन ट्रष्ट २०७४ को मुख्य प्रायोजक पत्रकार साजन परियारको विशेष पहलमा त्यहाँ रहेका ७५ जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको हो उक्त कार्यक्रममा समाजसेवी उज्वल गुरुङ, पर्वत वेलफेर सोसाईटी यूकेका बरिष्ठ उपाध्याक्ष बिनोद पुरी, महासचिव भरत पौड्याल, पर्वत सेवा समाज जापानका अध्यक्ष सुजन जोशी नेपाली विद्यार्थी संघ गुप्तेश्वर बहुमुखी क्याम्पसका अध्यक्ष शिशिर शर्मा पौडेलले सहयोग गर्नुभएको थियो

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विनोद सापकोटाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा बोल्दै फलेवास नगरपालिका खानीगाउँकी वडा सदस्य केशकुमारी दमाईले विद्यार्थीलाई न्यानो कपडाले राहात मिलेको बताउनुभयो कार्यक्रममा पत्रकार तथा कार्यक्रम संयोजक साजन परियारले आफुले पत्रकारिता सँगै समाजसेवालाई अगडी बढाएको भन्दै आफ्नो अभियानमा साथ दिन सबैलाई आग्रह गर्नुभयो

कार्यक्रममा मिलन ट्रष्टकी प्रतिनिधी बालकाशी गुरुङ, जनप्रशासन क्याम्पसका स्ववियु सभापति पंकज क्षेत्री, अभिभावक चित्रप्रसाद सापकोटा लगायतले यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताउनु भएको थियो उक्त कार्यक्रममा स्वागत मन्तव्य शिक्षिका इन्द्र तिवारी कार्यक्रमको संचालन विद्यालयका प्रधानाध्यापक बैकुण्ठ श्रेष्ठले गर्नुभएको थियो

 

सम्बन्धित समाचार (फलेवास नगरपालिका )
सम्बन्धित समाचार ( स्थानीय तह)