Correspondent, ParbatNepal
7 years ago
1724
पुष
८ पर्वत । जिल्लाको जलजला गाउँपालिकाले व्यवसाय दर्ताका लागि घुम्ति शिबिर सञ्चालन
गरेको छ । गाउँ कार्यपालिकाको निर्णय अनुसार
वडा–वडामा
टोली खटाएको छ । व्यवसाय दर्ता र नविकरण, सम्पती तथा भूमिकर संकलनका लागि शनिबारदेखि
वडा स्तरमा घुम्ति टोली खटाइएको प्रमुख प्रसासकिय अधिकृत मुना अधिकारीले जानकारी दिनुभयो
।
गाउँपालिकाले
सूचना मार्फत करको दायरामा आउन व्यवसायीहरुलाई चेतावनी दिँदा पनि दर्ताका लागि नआएपछि
टोली पठाएर करको दायरामा ल्याउन लागिएको अधिकारीले बताउनुभयो ।
मल्लाज
स्थित ३ नम्बर वडा कार्यालयबाट सुरु भएको घुम्ति शिविर ९ वटै वडामा १७ दिनसम्म सञ्चालन
हुने अधिकारीले बताईन् । दुई दिनमै दुई सय भन्दा धेरैजनाले कर तिरेका छन् । सम्पती
तथा भूमिकरका फोकल पर्सन नायव सुब्बा भेषनाथ आचार्यको नेतृत्वमा सूचना प्रविधि अधिकृत
मिलन मल्ल, कर्मचारीहरु शुशिला शर्मा ढकाल, अनिताकुमारी शर्मा, उदयचन्द्र श्रेष्ठ,
इन्द्रबहादुर खत्रीको टोली परिचालन गरिएको छ । सम्बन्धित वडाका जनप्रतिनिधिहरु र सचिवसँगको
समन्वयमा टोलीले कर सकलन गर्ने जलजलाका प्रवत्ता एवं वडा नम्वर ३ का अध्यक्ष रवि भण्डारीले
बताउनुभयो ।
एउटा वडामा एक देखि दुई दिनका दरले पुष २२ गतेसम्म घुम्ति टोली परिचालन गरिएको उनले बताए । जलजलाले चालू आर्थिक वर्षदेखि गाउँपालिका क्षेत्रमा रहेको जग्गा तथा उक्त जग्गामा बनेका घर, गोठ, टहराको कर लिन सुरु गरेको हो ।
