Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

7 years ago

1780




मदिरामा कडाई गर्दै वडा कार्यालय
मदिरामा कडाई गर्दै वडा कार्यालय

पुष १० पर्वत ।  पर्वतको कुश्मा नगरपालिका ८ चुवाले अवैध मदिरा विक्रि वितरणमा कडाई गरेको छ । वडाध्यक्ष राजकुमार क्षेत्रीका अनुसार प्रचलित कानुन अनुसार अनुमती नदिइएको घरेलु मदिरा, खोईला बेचविखन र सेवन गर्न नपाईने नियम बनाइएको छ । बेलुका ५ वजेदेखि राती ९ बजेसम्म मात्रै मदिरा विक्री गर्न खुल्ला गरिने भएको छ । तोकिएको समय वाहेक अन्य समयमा विक्री गरेको पाईए पहिलो पटक २५ हजार र त्यसपछि १० हजार रुपैयाँ जरिवाना तोकिएको छ ।

बालबालिकालाई सुर्ति र मदिराजन्य वस्तु विक्री र ओसारपोसारमा संलग्न गराएको पाइए तिनका अभिभावकलाई कारवाहि गरिने वडाध्यक्ष क्षेत्रीले बताउनुभयो । जुवातासलाई पूर्ण वडामा रुपमा प्रतिवन्ध लगाइएको छ । जनप्रतिनिधी र सरोकारवालाहरुले नियम बनाएर सोमबार देखि लागु गरेको कुश्मा नगरपालिका ८ चुवाले जनाएको छ

व्यवसायिक मर्यादा विपरित व्यवसाय सञ्चालन गर्ने गरिएको भन्दै वडा कार्यालयले व्यवसायलाई दर्ता गरि अनुमती लिएर मात्र व्यवसाय चलाउन ताकेता गरेको छ । वडा कार्यालयले अनुमती नलिई र दर्ता नगरि व्यवसाय सञ्चालन नगर्न र गरेकालाई बैधानिक रुपमा चलाउन आग्रह गरेको हो ।

विक्रेताले उपभोग्य बस्तुको प्रष्ट देखिने गरि मुल्यसुचि राख्नुपर्ने,अनिवार्य साईनवोर्ड राख्नुपर्ने, प्याकिङ हुने बस्तुमा उपभोग्य मिति हुनुपर्ने र अधिकतम खुद्रा मुल्य स्पष्ट देखिनुपर्ने वडाले जनाएको छ । खाना पकाउने ग्याँस, सुर्तिजन्य तथा मदिराजन्य पदार्थ विक्रि वितरण गर्दा अलग्गै अनुमती लिएर विक्री गर्नुपर्ने व्यवस्था वडाले कार्यान्वयन गर्ने भएको छ ।

सम्बन्धित समाचार (कुश्मा नगरपालिका )
सम्बन्धित समाचार ( स्थानीय तह)