Correspondent, ParbatNepal
7 years ago
2095
पर्वत । पर्वतको
मोदी गाउँपालिका–१
भुकताङलेमा निर्माण भएको गाउँघर
स्वास्थ्य क्लिनिक भवनको उद्घाटन
तथा हस्तान्तरण गरिएको
छ । भुकताङलेमा
आइतबार एक कार्यक्रमका
बीच मोदी गाउँपालिका
अध्यष प्रेम पौडेलले
गाउँघर क्लिनिकको दुई कोठे
पक्की भवनको उद्घाटन
गर्नुभएको हो ।
भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित भुकताङलेका बासिन्दालाई सहज रुपमा गाउँमै स्वास्थ्य सेवा उपलब्ध गराउन भवन निर्माण भएको हो । गुड नेवर्स इन्टरनेश्नल नेपालको ६ लाख ४ हजार, मोदी गाउँपालिकाको १ लाख ५० हजार र नवचेतना सामुदायिक विकास केन्द्रको प्राविधिक तथा व्यवस्थापनमा भवन निर्माण भएको हो ।
भवनको हस्तान्तरण गदै अध्यक्ष पौडेलले भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा स्वास्थ्य सेवाको पहुँच विस्तारमा जोड दिएको बताउनु भयो । उहाँले स्वास्थ्य संस्था टाढा भएको बस्तीमा सामुदायिक स्वास्थ्य इकाई सञ्चालनको पहल गरिएको बताउनु भयो ।
नवचेतना
सामुदायिक विकास केन्द्रकी सल्लाहकार
सिता काफ्ले लामिछानेले
स्वास्थ्य क्लिनिक भवन निर्माण
सँगै स्वास्थ्य जाँच
र खोपको लागि
टाढा जानुपर्ने बाध्यता
अव अन्त्य भएको
बताउनु भयो ।
कुश्मा नगरपालिकाकी उपमेयर समेत
रहेकी लामिछानेले कुश्मा
नगरपालिकाका प्रत्येक वडामा स्वास्थ्य
क्लिनिक भवन निर्माण
गरिने बताउनु भयो
। स्वास्थ्य सेवा–सुविधा लिन पाउनु
प्रत्येक नागरिकको अधिकार भएको
बताउनुभयो । ८५
प्रतिशत जनता अझैपनि
गुणस्तरीय स्वास्थ्य सेवाबाट बञ्चित
हुनुपरेको उल्लेख गर्दै लामिछानले
हरेक सर्वसाधारणको स्वास्थ्य
सेवा–सुविधामा पहुँच
पुगोस् भन्ने उद्देश्यले गाउँघर
क्लिनिक निर्माण गरिएको बताउनु
भयो ।
कार्यक्रममा कार्यक्रममा मोदी गाउँपालिका उपाध्यक्ष सेती महतले गाउँघर क्लिनिकमा आएर नियमित स्वास्थ्य जाँच गाउन आग्रह गर्नुभयो ।
क्लिनिक उदघाटन पछी त्यहाँ स्वास्थ्य क्षेत्र गाउँमै पाईने भएको छ भने गर्भवती महिलाहरुले प्रसुतिगृहमा प्रसुति गर्न पाउने भएका छन् । परिवार नियोजन सेवाअन्तर्गत डिपो, पिल्स र कण्डम बितरण, महिलाको गर्भ परीक्षण, गर्भवती महिलालाई आइरन चक्की बितरण, पाँच वर्ष मुनिका बालबालिकाको स्वास्थ्य उपचार, दुई वर्ष मुनिका बालबालिकाको तौल परीक्षण, विमारीको उपचार, सुत्केरी महिलालाई भिटामिन ‘ए’ र आइरन चक्की बितरण तथा दुई वर्ष मुनिका बालबालिकालाई नियमित खोप लगाउनु गाउँघर क्लिनिकको मुख्य उद्देश्य हो । यस क्लिनिकमा स्वास्थ्य सहायक अथवा अहेब र अनमीमार्फ्त सेवा उपलब्ध हुने जनाइएको छ ।
साथै भवन निर्माणका लागि स्थानीय बलवहादुर गुरुङ, चन्द्रकुमारी गुरुङ र श्याम गुरुङले जग्गा हस्तान्तरण गर्नुभएको थियो । जग्गादाताहरुलाई सोही कार्यक्रममा सम्मन गरिएको छ भने, स्वास्थ्य क्लिनिकलाई आवश्यक सामग्रीहरु प्रदान गरिएको थियो । कार्यक्रममा सामजिक लेखा परिक्षण समेत गरिएको छ ।
मोदी गाउँपालिका–१ भुकताङलेका कार्यवाहक वडाध्यक्ष भुलवहादुर पौडेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्वागत मन्तव्य नवचेतना सामुदायिक विकास केन्दका कोषाध्यक्ष केशवदास बैरागी र कार्यक्रम संचालन जन स्वास्थ्य सहायक टिका घर्तीले गर्नुभएको थियो ।
