Correspondent, ParbatNepal
7 years ago
2741
पर्वत– निजि क्लिनिकहरुले अत्याधिक शुल्क लिने गरेको खवर बेला वखत उठ्ने गर्छ । कुनै दुर्घटना परेर वा बिरामी भएर उपचारका लागि अस्पताल जाँदा सबैभन्दा पहिला जोकोहीलाई पनि चिन्ताको विषय उपचार खर्चको हुन्छ ।
रोगको उपचार गर्नूभन्दा पनि खर्च पुग्छ कि पुग्दैन, कति खर्च लाग्ने हो, खर्च नपुगे के गर्ने भन्ने चिन्ताले सताईरहन्छ । निजि क्लिनिकहरुले परामर्श लिन आएका विरामीहरु सँग चर्को शुल्क लिने गरेको पाईन्छ । तर, यहाँको एक निजि क्लिनिकले लामो समयदेखी निःशुल्क परामर्श सेवा दिँदै आएको छ ।
परामर्श लिन आएका विरामीहरुलाई परामर्श मात्र दिने गर्छ । पोखराको प्रर्दशनी केन्द्र नजिक रहेको पोखरा हरिबसु न्यूरो अर्थो फिजयोथेरापी क्लिनिकले निशुल्क रुपमा परामर्श सेवा प्रदान गदै आएको छ । नशा र हाडजोर्नी रोगका विरामीहरुको उपचारलाई मध्येनजर गदै स्थापना गरेको उक्त क्लिनिकमा फिजयोथेरापी शुल्क न्यनतम राखिएको छ ।
नाफा भन्दा पनि सेवा प्रदान गर्ने उद्देश्यले खोलिएको उक्त क्लिनिकमा विरामीहरुको अवस्थालाई मध्येनजर गरेर शुल्क लिने गरेको संचालक शिव तिवारीले बताए । क्लिनिकले गरीव, असहाय र अपाङता भएका व्यक्तिहरुलाई निशुल्क सेवा दिँदै आएको छ । ‘विरामीहरुको स्वास्थ्य अवस्थालाई मध्येनजर गदै स्थापना गरेको क्लिनिक हो तिवारीले भने,‘हामीले कम शुल्कमा गुणस्तरिय सेवा प्रदान गदै आएका छौँ ।’ बिरामीहरुको अवस्था हेरेर निशुल्क सेवा प्रदान गरेको उनले जिकिर गरे ।
पोखराकै सर्वैउत्कृष्ट फिजियोथेरापी क्लिनिक मानिने उक्त अस्पतालले विशेषज्ञ डाक्टरहरुवाट सेवा दिँदै आएको छ । क्लिनिकले आधुनिक र गुणस्तरिय टेक्नोलोजी मेशिन प्रयोग गदै विरामीहरुलाईलाई सर्वसुलभ मुल्यमा सेवा दिएको स्थानीयको भनाई छ ।
उक्त क्लिनिकले प्यरालाईसीस, नशा च्यापिएको, हड्डी खिईएको, ढाढ, गर्दन दुख्ने, पैतला दुख्ने, घुडा दुख्ने बिरामीहरुको जापनिज विधिद्धारा उपचार हुँदै आएको छ ।
