Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

7 years ago

2500




फलेवासमा पुसे मेला शुरु-दर्शकलाई निशुल्क सिमकार्ड देखी आजावतजावतका लागि गाडीको व्यवस्था
फलेवासमा पुसे मेला शुरु-दर्शकलाई निशुल्क सिमकार्ड देखी आजावतजावतका लागि गाडीको व्यवस्था

पुष १४, फलेवास   पर्वतको फलेवासमा बृहत खेलकुद,साँस्कृतिक एवम् कृषि प्रदर्शनी मेला आयोजना गरिएको राष्ट्रिय गौरव तथा स्वास्थ्य नागरिकका लागि खेलकुद सभ्य समाजको निर्माण भन्ने मुल नाराका साथ कार्यक्रमको आयोजना गरिएको हो

यूनाईटेड स्पोर्ट्स क्लव फलेवास नगरपालिका देविस्थानको माझीचौरमा आयोजना गरेको मेलाको फलेवास नगरपालिका मेयर पदमपाणि शर्माले उद्घाटन गर्नुभएको उद्घाटन कार्यक्रममा बोल्दै मेयर शर्माले स्थानीय कला संस्कृति नयाँ कलाकार खोजी गर्न यस्ता साँस्कृतिक मेलाले सहयोग पुग्ने बताउनु भयो उहाँले देश विकासका लागी युवाको योगदान अपरिहार्य भएको भन्दै विकाशको लागी काम गर्ने युवाहरुलाई फलेवास नगरपालिकाले सहयोग गर्न आवश्यक परेका बेला अन्य निकायसंग पनि समन्वय गर्न तयार रहेको बताउनु भयो

मेयर शर्माले फलेवास नगरपालिकाले योजनाबद्ध रुपमा विकास गर्न लागेको बताउँदै विकास निर्माण सहयोग गर्न सबैलाई आग्रह गर्नुभयो कार्यक्रममा फलेवास नगरपालिका प्रवक्ता टिकाराम गौडेल, देविस्थानका वडाध्यक्ष भोलानाथ भुषाल, नेकपाका प्रतिनिधी बलराम भुषाल, राप्रपा नेपाल पर्वतका पूर्व अध्यक्ष ठाकुर प्रसाद भुषाल, राष्ट्रिय जनमोर्चा देविस्थानका अध्यक्ष इन्द्रकान्त शर्माले शुभकामना मन्तव्य राख्नुभएको थियो क्लवका अध्यक्ष अचुतकृष्ण श्रेष्ठको अध्यक्षतामा शुरु भएको कार्यक्रमको संचालन पत्रकार साजन परियारले गर्नुभएको थियो आजवाट शुरु भएको कार्यक्रम १६ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको


मेलाको अवसरमा खुल्ला भलिबल प्रतियोगिता, नृत्य प्रतियोगिता, कृषि प्रर्दशनी, तेक्वान्दो प्रर्दशनी सँगै सय १५ सय मिटर दौड प्रतियोगिता संचालन हुने कार्यक्रम संयोजक भुषण श्रेष्ठले जानकारी दिनुभयो कार्यक्रमको अवसरमा राष्ट्रिय स्तरका कलाकार बसन्त थापा, बिमलराज क्षेत्री, दुर्गेस थापा, भूमिका गिरी, थानेश्वर गौत्तम, सरोज साजन श्रेष्ठ, कृष्ण अखेली, सुरेश परियार लगायतका कलाकारहरुको साँगितिक प्रस्तुती रहने

कार्यक्रमको अवसरमा क्लवलाई सहयोग गर्ने सहयोगीहरलाई सम्मान समेत गरिने खेल संयोजक हिटलर थापाले जानकारी दिनुभयो मेलामा उपस्थित दर्शकहरुलाई नेपाल टेलिकमको निशुल्क सिमकार्ड वितरण गरिने भने, आवातजावतको लागि निशुल्क गाडीको व्यवस्था गरिएको आयोजकले जनाएको   

सम्बन्धित समाचार (फलेवास नगरपालिका )
सम्बन्धित समाचार ( स्थानीय तह)