Correspondent, ParbatNepal
7 years ago
1834
कुश्मा,खुर्कोट । पर्वतको कुश्मा नगरपालिका–२ खुर्कोटमा अवस्थित हिमालयन माध्यमिक विद्यालयको ५३ औँ बार्षिकोत्सव
तथा अभिभावक दिवससम्पन्न भएको छ । पुष ९ गतेवाट शुरु भएको बार्षिकोत्सवका कार्यक्रम
शनिवार सम्पन्न भएको हो । उक्त अवसरमा शैक्षिक, खेलकुद तथा अतिरिक्त क्रियाकलापको आयोजना
गरिएको विद्यालयले जनाएको छ ।
समापन कार्यक्रममा बोल्दै कुश्मा नगरपालिकाका
प्रमुख रामचन्द्र जोशीले शैक्षिक विकासनै सामाजिक विकासको आधार भएको बताउनु भएको छ
। शिक्षा विना कुनै पनि क्षेत्रको विकास सम्भब नहुने भन्दै उहाँले व्यक्ति शिक्षित
भए मात्रै समाज पनि शिक्षित हुने धारणा राख्नुभयो । कार्यक्रममा प्रमुख अतिथी समेत
रहनुभएका प्रमुख जोशीले अवको शिक्षा प्रविधियुक्त हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा कुश्मा नगरपालिका २ खुर्कोटका वडाध्यक्ष यदुनाथ बास्तोलाले शैक्षिक गुणस्तर बढाउन अब शिक्षकवर्ग आफै सक्रिय हुनु पर्ने र प्राविधिक दक्षता वृद्धिका लागि लाग्नु पर्नेमा जोड दिनुभयो । कार्यक्रममा विद्यालयका संस्थापक अध्यक्ष डिल्लीराज शर्मा, शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख उद्धिमराज पौडेल, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष शेसराज रेग्मी, हेमशर्मा पौडेल, विद्यालयका पूर्व प्रधानाध्यापक द्धोणराज पाध्य,भूपू विद्यार्थी समाजका अध्यक्ष कमलराज पौडेल, कालिका मा.विका प्रधानाध्यापक बावुराम शर्मा, विद्यालय व्यवस्थापन समितिका सदस्य मानवहादुर नेपाली, पूर्व शिक्षक बालकृष्ण बास्तोला, मिनवहादुर रेग्मीले शुभकामना मन्तव्य दिनुभएको थियो ।
विद्यालयका प्रधानाध्यापक माधवप्रसाद रेग्मीले विद्यालयको बार्षिक तथा आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । विद्यालयका अध्यक्ष छत्रराज रेग्मीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्वागत मन्तव्य शिक्षिका कमला रेग्मी, विद्यार्थी बिवेक गिरी र सोनिया शर्माले गर्नुभएको थियो । उक्त कार्यक्रमको संचालन शिक्षक घनश्याम पौडेलले गर्नुभएको थियो ।
