Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

7 years ago

2024




आगोलागि पीडितलाई १० भारि पराल सहयोग
आगोलागि पीडितलाई १० भारि पराल सहयोग

पर्वत– यहाँको एक युवा क्लवले आगो लागि पीडित परिवारलाई दश भारी पराल सहयोग गरेको छ । सामजिक काम गर्ने उद्देश्यले  पर्वतको फलेवास नगरपालिका–३ शंकरपोखरीमा स्थापना भएको  सिमखेत युवा क्लवले सोही स्थानकी लक्ष्मी कार्कीलाई  पराल सहयोग गरेको हो ।

कार्कीको टौवामा गत सामेवार आगोलागि भएको थियो । आगोलागिका कारण सम्पूर्ण पराल नष्ट भएपछि पीडितलाई पराल सहयोग गरिएको हो । राहात स्वरुप पराल सहयोग गरेको क्लवका अध्यक्ष सरोज खनालले जानकारी दिए । 

‘पीडितको दुःखमा मलाम लगाउन हामीले पराल सहयोग गरेका होँ खनालले भने ।,‘हामी दुःखमा परेका सबैलाई सहयोग गछौँ ।’ यसअघि पनि क्लवले बालबालिकालाई न्यानो कपडा वितरण लगायत थुप्रै काम गरेको छ । ‘क्लवले सामजिक सँगै विकास निर्माणका काम गदै आएको छ अध्यक्ष खनालले भने,‘हामी रचनात्मक तथा सामजिक कार्यमा काम गर्नु क्लवको उद्देश्य हो ।’ राहात वितरण कार्यक्रममा अध्यक्ष खनाल सहित क्लवका अन्य पदाधिकारीहरुको उपस्थिती रहेको थियो । 

राहात पाएपछि खुशी मुद्रामा देखिएकी लक्ष्मी कार्कीले ठुलो राहात मिलेको बताईन । ‘टौवामा आगो लागेपछि गाईवस्तूलाई खुवाउने पराल थिएन । वस्तु कराउँदा गाउँनै थर्किएको थियो । क्लवको ठुलो सहयोग ग¥यो कार्कीले भनिन् । 


सम्बन्धित समाचार (फलेवास नगरपालिका )
सम्बन्धित समाचार ( स्थानीय तह)