Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

7 years ago

1944




सार्वजनिक मा.विको बार्षिकोत्सव सम्पन्न- गुणस्तरिय र प्राविधिक शिक्षामा उपमेयरको जोड
सार्वजनिक मा.विको बार्षिकोत्सव सम्पन्न- गुणस्तरिय र प्राविधिक शिक्षामा उपमेयरको जोड

पर्वत कुश्मा नगरपालिकाकी उममेयर सिताकाफले लामिछानेले प्राविधिक शिक्षामा जोड दिनुभएको कुश्मा नगरपालिका को सार्वजनिक माध्यमिक विद्यालयको बार्षिकोत्सव तथा अभिभावक दिवसको उद्घाटन गद लामिछानेले गुणस्तरिय शिक्षा रोजगारीको लागि प्राविधिक  शिक्षाको विकासमा जोड दिनुभएको  

कुश्मा नगरपालिकाले शिक्षाको विकासका लागि विशेष महत्व दिएको शिक्षाको दिगो विकासका लागि नगरपालिका गम्भीर रहेको बताउनु भयो उहाँले स्थानीय सरकारले नै आफुलाई आवश्यक पर्ने नीति बनाएर प्राविधिक शिक्षा स्थापना गरी अध्यापन कार्य गुरु गराउन लागि परेको बताउनु भयो कार्यक्रमकी प्रमुख अतिथी समेत रहेकी लामिछानेले नगरका सबै वडाको समान तरिकाले विकास निर्माणका काम भईरहेको बताउनु भयो


विकास निर्माणमा कसैलाई भेदभाव गरिएको छैन लामिछानेले भन्नुभयो,‘सबै वडामा समान रुपले विकास गछौँ नगर भित्रका महिलाहरुको अवस्था अझै नाजुक रहेको बताउँदै उनीहरुको जिवन निर्वाहका लागि विभिन्न सिप मुलक कार्यक्रम संचालन गर्ने बताउनु भयो

कार्यक्रममा कुनपा कटुवाचौपारीका अध्यक्ष कृष्णप्रसाद लामिछाने,कुश्मा नगरपालिकाका नगर शिक्षा उपसचिव रूद्रनारायण सापकोटा, नेपाली काँग्रेसका जिल्ला सदस्य सरस्वती शर्मा जिज्ञासु, नेकपाका प्रतिनिधि सुरेशबहादुर पिसी, नेपाल निजामति कर्मचारी युनियन संघ गण्डकी प्रदेशका संयोजक तथा केन्द्रीय उपाध्यक्ष शिव शर्मा अधिकारी, कुश्मा नगरपालिकाका नगर शिक्षा अधिकृत राजेन्द्रबहादुर क्षेत्रीडिल्लीराम लामिछाने स्मृति प्रतिष्ठानका अध्यक्ष राजीव लामिछाने,विद्यालयका पूर्व अध्यक्ष कमलप्रसाद लामिछाने, नवचेतना सामुदायिक विकास केन्द्रका अध्यक्ष केशबदास बैरागी, विद्यालयका पूर्व शिक्षक घनश्याम लामिछाने, विद्यार्थीहरु सांग्रिला पुन नविन पौडेल लगायतले विद्यालयको शैक्षिक सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सरोज शर्मा वैरागीको सभापतित्वमा भएको उक्त कार्यक्रमको संचालन शिक्षक केशबप्रसाद रिजाल स्वागत मन्तव्य शिक्षिका दुर्गी क्षेत्रीले गर्नुभएको थियो



कार्यक्रममा विद्यालयका प्रधानाध्यापक चन्द्रशेखर उपाध्यायले विद्यालयको आर्थिक तथा प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो सोही कार्यक्रममा नेपाल निजामति कर्मचारी युनियन संघ गण्डकी प्रदेशका संयोजक शिव शर्मा अधिकारीले विद्यालयमा अध्ययनरत छात्रछात्राहरूलाई खाजाका लागि १७ हजार सय सत्र प्रदान गर्नुभएको थियो विद्यालयले दुई बर्षदेखी विद्यालयमा दिवा खाजा कार्यक्रम शुरु गरेको देउसी भैलो विभिन्न चन्ददाताहरुको सहयोगमा संचालन गरेको दिवा खाजा कार्यक्रम प्रभावकारी बन्दै गएको शिक्षक नरनाथ सापकोटाले जानकारी दिनुभयो


विद्यालयको ५८ औं बार्षिकोत्सव तथा अभिभावक दिवस विविध कार्यक्रमका बीच सम्पन्न भएको हो पुष ११ गतेवाट शुरु भएको बार्षिकोत्सबको कार्यक्रमको अवसरमा खेलकुद, साँस्कृतिक तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको विद्यालयका प्रधानाध्यापक चन्द्र शेखर उपाध्यायले जानकारी दिनुभयो सो अवसरमा विद्यालयमा स्थापित अक्षयकोषको रकमवाट विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई प्रोत्साहन स्वरुप छात्रवृती प्रदान गरिएको

 

सम्बन्धित समाचार (कुश्मा नगरपालिका )
सम्बन्धित समाचार ( स्थानीय तह)