Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

7 years ago

1801




सार्वजानिक मा.विमा ९ वटा अक्षकोष स्थापना
सार्वजानिक मा.विमा ९ वटा अक्षकोष स्थापना

पर्वत- पर्वतको कुश्मा नगरपालिका९ कटुवाचौपारीको सार्वजानिक मा.विमा करिव दर्जन अक्षकोष स्थापना गरिएको छ । वि.सं २०१७ सालमा स्थापना भएको विद्यालयमा हाल ९ वटा अक्षकोष स्थापना भएको विद्यालयका अध्यक्ष सरोज शर्मा वैरागीले जानकारी दिनुभयो । 

दाता तथा समाजसेवीहरुको पहलमा स्थापना भएको अक्षकोषले विद्यार्थीहरुको अध्ययनमा सहज भएको बैरागीले बताउनु भयो । विभिन्न शिर्षकमा स्थापना भएका अक्षकोष मंगलवार विद्यालयको ५८ औँ बार्षिकत्सवको अवसरमा वितरण गरिएको छ ।

स्वर्गिया आमा बुवा गौरिदेवी अधिकारी र प्रजापती अधिकारीको स्मृतिमा २०६४ सालमा स्थापना गरिएको गौरी प्रजापती प्रतिभा अक्षकोषवाट प्रत्येक बर्ष उत्कृष्ट अंक प्राप्त गर्ने एक जना दलित र एक जना गैरदलित छात्राहरुलाई पुरस्कार तथा स्टेशनरी सामान र स्कुल व्याग वितरण गरिएको अक्षकोषका संरक्षक सरस्वती शर्मा जिज्ञासूले जानकारी दिनुभयो ।

त्यस्तै गोविन्द खगेन्द्र स्मृतिकोष, सिता स्मृति कोष, भागिरथी प्रतिभा पुरस्कार, स्वेता अक्षयकोष, विष्णुप्रसाद अक्षकोष, पदमवहादुर छात्रबृती अक्षयकोष, शान्त शर्मा स्मृति कोष र रामप्रसाद डोल कुमारी स्मृति कोषको रकमवाट गरिव, जेहेन्दार र दलित समुदायका छात्रहरुलाई छात्रबृति वितरण गरिएको विद्यालयका प्रधानाध्यापक चन्द्रशेखर उपाध्यायले जानकारी दिनुभयो । विद्यालयमा हाल करिव २ सय विद्यार्थी अध्ययनरत छन् ।

सम्बन्धित समाचार (कुश्मा नगरपालिका )
सम्बन्धित समाचार ( स्थानीय तह)