Correspondent, ParbatNepal
7 years ago
1756
पर्वत– पर्वतको फलेवास नगरपालिका भित्र अध्यापन गराउँदै आएका अंग्रेजी र गणित विषयका शिक्षकहरु एक जुट भएका छन् । नगरपालिकाको शैक्षिक सुधारको लागि शिक्षकहरु एक जुट भएका हुन् । उनीहरुले विषयगत समिति गठन गरेका छन् ।
नगरपालिका भित्रका १४ वटा माध्यमिक र ७ वटा निम्नमाध्यमिक तहमा अध्यापन गराउदै आएका करिव ६० जना शिक्षकहरुको उपस्थितीमा विषयगत समिती गठन गरिएको हो । समितिले गणित विषय तर्फ अर्जुनकुमार रेग्मीको अध्यक्षतामा ११ सदस्यीय समिति गठन गरेको छ । रेग्मी भवानी भवानी विद्यापीठ माविका प्राचार्य हुन् ।
त्यस्तै समितिको उपाध्यक्ष्मा राजेन्द्र सापकोटा, सचिव गोविन्दराज पौडेल, कोषाध्यक्ष युवाराज शर्मा रहनुभएको छ ।सदस्यहरुमा शोभा केसी, बाबुराम भुुसाल, रघुनाथ पराजुली, पुर्णप्रसाद शर्मा,रामु पराजुली,पदमबहादुर कार्की र गोविन्द खनाल रहनुभएको छ । त्यस्तै अंगे्रजी तर्फको समितिको अध्यक्षमा लक्ष्मी प्रसाद शर्मा, उपाध्यक्षमा दिपेन्द्र चपाइ, सचिवमा पे्रम प्रसाद शर्मा,कोषाध्यक्ष भवानी पाठक रहनुभएको छ ।
सदस्यहरुमा धना न्यौपाने, अम्बा शर्मा, लोक प्रसाद सापकोटा ओमकार पौडेल शुरेस पोडेल,शिव प्रसाद शर्मा,लाल प्रसाद शर्मा,राजेन्द्र पोख्रेल र दिवाखर अधिकारी रहनरभएको छ ।
समितीले नगरपालिका भित्र का विद्यालयमा शैक्षिक कार्यक्रमको समन्वय र सञ्चालन गर्ने तथा नगरपालिका को सहयोगमा अन्य बाहिरी स्रोत जुटाएर गुणस्तर वृद्धिमा लाग्ने उद्धेश्य सहित समिती गठन गरेको स्रोत व्यक्ति भरत शर्मा लम्सालले जानकारी दिनुभयो ।
