Correspondent, ParbatNepal
7 years ago
2069
पर्वत–जलजला गाउँपालिका ४ मोहनचोक
देखि मल्लाजको फड्केढुङ्गा जोड्ने सडक स्तारोन्नती सुरु भएको छ । बेनी–मालढुङ्गा सडकको मोहनचोक
खण्डदेखि फड्केढुङ्गा हुदै मल्लाज जोड्ने पाँच किलोमिटर २५० मिटर सडक स्तरोन्नती गर्न
लागिएको हो ।
ट्याक
खुलेको बीस वर्षपछि गाउँपालिकाको पहलमा स्तरोन्नती गर्न सुरु भएको छ । २०५५ मा विश्व
खाद्य कार्यक्रमको सहयोगमा ट्याक खुलेको सडकलाई जलजला गाउँपालिकाले स्तरोन्नती गर्न
लागेको वडा अध्यक्ष भिष्म मल्लले जानकारी दिनुभयो । फराकीलो बनाउने, ग्यावियन र पक्की
पर्खाल लगाउने, नाली बनाउने, ढलान र कालोपत्रे गरीने उहाँले बताउनुभयो ।
गत
वर्ष बिनियोजन भएको ९० लाख रुपैयाँबाट उपभोक्ता समिति मार्फत सिद्धको थान भन्ने ठाउँसम्म
फराकिलो बनाएको सडकलाई यस वर्ष ढलान, नाली र पर्खाल निर्माण गरी स्तरोन्नतीलाई पूर्णता
दिन लागिएको छ । सडकको प्रवेश बिन्दुमा पर्ने मोहनचोक नजिकै खोलाको किनार र खेतको बिचमा
रहेको २८३ मिटर सडक ढलान गरिसकिएको उपभोक्ता समितिका अध्यक्ष इन्द्र मल्लले बताउनुभयो
। आठ मिटर चौडाइमा ढलानका साथै नाली पनि बनाइएको छ ।
गत
वर्ष सडक विस्तारपछि जोमिखयुक्त भएको ठाउँमा ४५ मिटर पक्की पर्खाल पनि निर्माण गर्न
लागिएको छ । २०० थान ग्यावियन पर्खाल निर्माण गर्ने लक्ष्य अनुसार ८९ थान ग्यावीयन
पर्खाल निर्माण भइसकेको छ । सडक स्तरोन्नतीका लागि यस वर्ष गाउँपालिकाले ९९ लाख रुपैयाँ
बिनियोजन गरेको अध्यक्ष मल्लले बताउनुभयो ।
गत वर्ष नयाँ ट्याक खोलेर घुमाउरो सडकको एक किलोमिटर दुरी छोट्याइएको छ । हाल साढे तिन मिटर चाक्लो रहेको सडक कम्तीमा आठ मिटर फराकीलो बनाइने भएको छ ।
सडकवारे पर्वत नेपाललाई प्रतिक्रिया दिँदै अध्यक्ष मल्लले सडकको स्तरोन्नतीका लागि तिव्र गतिमा काम भईरहेको जानकारी दिँदै पाँच बर्षभित्र गाउँपालिका मुख्य सडकखण्ड कालोपत्रे गर्ने आफ्नो योजना गरेको जानकारी दिए ।
