Correspondent, ParbatNepal
7 years ago
2137
पर्वत– चार बर्षदेखी सम्झौता भएको मुडिकुवा –झकलक–कुर्घा–लुङ्गखु सडकको मुडिकुला–लमायखोला सडक खण्डको काम यो बर्ष पुरा भएको छ । फलेवास नगरपालिकासहित
महाशिला, बिहादी र पैयुँ गाउँपालिका जोड्ने मुख्य सडकको ७ किमि खण्ड कालोपत्रे गर्न
२०७२ माघमा चितवनको ओएसिस इन्जिनियरिङ एन्ड बिल्डर्स कम्पनीले ठेक्का सम्झौता गरेको
थियो । फलेबास नगरपालिकामा पर्ने मुडिकुवा –झकलक–कुर्घा–लुङ्गखु सडकको मुडिकुला–लमायखोला सडक खण्ड कालोपत्रे भएपछि स्थानीय वासी खुशी भएका छन् ।
ग्रामिण पूननिर्माण तथा पूर्नस्थापना आयोजना (आरआरआरएसडीपी)ले फलेबास नगरपालिका वडा
नं ४ मुडिकुवा देखि फलेबास नगरपालिकाको वडा नं ५ मा पर्ने लमायखोला सम्म ७ किलोमिटर
सडक कालोपत्रे गरेको हो । आरआरआरएसडीपी मार्फत कालोपत्रे भएको यो सडक नै फलेबास नगरपालिका
भित्र कै पहिलो कालोपत्रे सडक हो ।
मुडिकुवा –लमायखोला खण्ड २०७४ असारमा नै सम्पन्न हुनुपर्ने
भएपनि डेढ बर्ष ढिलो गरि कालोपत्रे भएको छ । कालोपत्रेको सबै काम सकिएको र भत्किएका
नालीहरु मर्मतको काम भैरहेको ग्रामिण सडक सञ्जाल सुधार आयोजनाका जिल्ला आयोजना ब्यबस्थापक
जगदीश शर्माले जानकारी दिनुभयो ।
२०७४ असारमा सडकको म्याद सकिँदा सम्म जम्मा ३० प्रतिशत
मात्रै काम भएको थियो भने डेढ बर्ष म्याद थप गरेर भएपनि सडक सम्पन्न भएको छ ।
‘ठेकेदारले समयमा काम सम्पन्न नगर्दा समस्याग्रस्त बनेको सडक सम्पन्न
गर्न सकिएको छ ।’ ब्यबस्थापक
शर्माले भन्नुभयो ‘फलेबास नगरपालिकाभित्र पहिलो कालोपत्रे सडक पुरा भएको छ ।’ गत जेथप गरेर पौषको तेस्रो सातामा कालोपत्रे कार्य
सकिएको हो ।
वर्ष नै सम्पन्न हुनुपर्ने फलेवास नगरपालिकासहित दक्षिण
पर्वतका तीन गाउँपालिकालाई जोड्ने ७ किलोमिटर सडक कालोपत्रे बजेट अभाब र समयमा ठेकेदारले
काम सम्पन्न नगर्दा कालोपत्रे गर्ने कार्य रोकिएको थियो ।
गएको असोजमा डोलीडारमा भएको छलफलका क्रममा कालोपत्रेको
सबैकाम मंसिर मसान्त सम्म सक्ने सहमति भएको थियो ।
मुख्य ग्रामीण सडकअन्तर्गत पर्ने यो सडकले फलेवाससहित
महाशिला, बिहादी र पैयुँ गाउँपालिकाभित्रका ३१ वडाबासीलाई प्रत्यक्ष लाभ पुग्छ । यीबाहेक जिल्लालाई
दक्षिणबाट उत्तरसम्म जोडिने एक मात्र नियमित सडक बन्ने छ ।
यो सडकमा हिजोआज दैनिक सयभन्दा बढी सवारी गुड्छन् । २०५७ सालमा
जिल्लाकै पहिलो ग्रामीण सडकका रुपमा ट्रयाक खुलेर सञ्चालनमा आएको सडकमा हालसम्म हिउँदका
सात महिनामात्रै सवारी चल्ने अवस्था थियो ।
